सडक निर्माणमा लेभल नमिल्दा सवारी साधन दुर्घटनाको जोखिममा

25.66k
Shares

सञ्जय कार्की, रौतहट ।

लेभल मापन बिनानै पुर्ब पश्चिम राजमार्गको चन्द्रनिगाहपुरमा सडक कालोपत्रे भैरहेको छ । निर्माणाधिन सडकको लेभल नमिल्दा सबारी साधनको दुर्घटनाको खतरा समेत उतिकै रहेको छ । पुर्ब पश्चिम राजमार्गको यो ब्यस्त सडक हो । रौतहटको चन्द्रनिगाहपुरमा अस्फाल्ट प्रविधि बाट ११ सय मिटर लम्बाइ र २० मिटर चौडाइमा कालोपत्रे भैरहेको छ ।

डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुर बाट आश्रय निर्माण सेबाले २ करोड ४३ लाख ४६ हजारमा उक्त निर्माण कार्यको ठेक्का सकार गरेको हो । निर्माण कार्यको कुल लागतमा ४८ प्रतिशत कम दररेटमा निर्माण सकार गरेको आश्रय निर्माण सेबाले निर्माण गर्दै गरेको कालोपत्रे सडकको बिभिन्न स्थानमा लेभल मिलेको छैन भने सडकको केही भाग बिग्रिएको अबस्थामा रहेको छ । आश्रय निर्माण सेबाले २०७८ वैशाख १५ गते निर्माण कार्यको ठेक्का सम्झौता गरी यही असाढ २५ गतेभित्रमा कालोपत्र सम्पन्न गर्नु पर्नेछ । डिभिजन सडक कार्यालयका प्रमुख नरेश केशरीले सडक कालोपत्रे गर्ने क्रममा बिभिन्न स्थानमा बिग्रेको हुदा त्यसलाई मर्मत गराईने बताउनु भयो ।

यसैबीच गत बर्ष गरेको पुर्ब पश्चिम राजमार्गको धन्सार बाग्मती सडक खण्ड र गौर जाने बीरेन्द्र राजमार्गको चन्द्रपुर नगरपालिका अगाडी समेत सडक भत्किएको छ ।