युनाइटेड सिमेन्ट्सलाई ५३ ग्रेडको गुणस्तर चिन्ह

210
Shares

काठमाडौं, (नेस) ।

युनाइटेड सिमेन्ट्स प्रालिद्वारा उत्पादित ‘युनाइटेड सिमेन्ट्स’ ब्रान्डले नेपाल गुणस्तरबाट ५३ ग्रेडको गुणस्तर प्रमाण पत्र प्राप्त गरेको छ। ५३ ग्रेड भनेको नेपालमै उत्पादन हुने सिमेन्टमध्ये सबैभन्दा उत्कृष्ट ग्रेड हो।

५३ ग्रेडको सिमेन्ट हरेक किसिमका निर्माणमा उपयुक्त ठहरिएको सिमेन्ट हो। नेपालमा मात्र नभई विदेशका ठूला संरचनाहरुमा पनि यो ग्रेडको सिमेन्टको प्रयोग हुँदै आएको छ। पारिवारिक घर निर्माणसहित गगनचुम्बी महलदेखि, हाइड्रोपावर ड्याम, टनेल, पुल, राष्ट्रिय गौरवका आयोजना, बाटो निर्माणमा समेत यो सिमेन्ट ढुक्क संग प्रयोग गर्न सकिन्छ।

ललितपुरको लेलेमा अवस्थित आफ्नै खानीको चुनढुंगा प्रयोग गरी आफैँ क्लिन्कर उत्पादन गर्दै आएको यस उद्योगले बिगत ६ वर्षदेखि उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्दै आएको छ। ५३ ग्रेडको गुणस्तर प्रमाण पत्र प्राप्त गरेसँगै ग्राहकको गुणस्तरप्रतिको विश्वासलाई अझ मजबुत बनाउने कुरामा यस उद्योग ढुक्क रहेको छ ।