अन्तिम किस्ता लिन भूकम्पपीडितलाई ताकेता

728
Shares

काठमाडौं, (नेस) ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कार्तिक मसान्तभित्र तेस्रो किस्ता लिने गरी घर पुनर्निर्माण गर्न अनुरोध गरेको छ । प्राधिकरणको कार्यकारी समिति बैठकले हालसम्म अनुदान सम्झौता गर्न नसकेका वा अनुदानको किस्ता लिन नसकेका लाभग्राहीलाई कार्तिक मसान्तभित्र तेस्रो किस्ता लिने गरी घर पुनर्निर्माण गर्न अनुरोध गरेको हो ।

निर्माण भइसकेका निजी आवास निर्धारित मापदण्ड बमोजिम सुधार गर्नुपर्ने भनी सम्बन्धित प्राविधिकले गरेको सिफारिसअनुसार सुधार गर्न सहमत लाभग्राहीलाई अनुदानको बाँकी किस्ता भुक्तानी गर्ने पनि प्राधिकरणले निर्णय गरेको छ । बिहीबारसम्म ८ लाख ५८ हजार २८२ जना पुनर्निर्माण लाभग्राही निक्र्योल भएका छन् । जसमध्ये ९५ दशमलव ३७ प्रतिशत अर्थात् ८ लाख १८ हजार ६२४ ले अनुदान सम्झौता गरेका छन् । अनुदान सम्झौता गरेका मध्ये पहिलो किस्ता लिने घरधुरी ८ लाख १६ हजार ६७० ९९९ दशमलव ७६ प्रतिशत०, दोस्रो किस्ता लिने घरधुरी ७ लाख २७ हजार ३२८ ९८८ दशमलव ८४ प्रतिशत० र तेस्रो किस्ता लिने घरधुरी ६ लाख ६५ हजार २३३ (८१ दशमलव २६ प्रतिशत) पुगेका छन् ।

त्यस्तै, अनुदान सम्झौता गरेकामध्ये ७४ दशमलव ६८ प्रतिशत अर्थात् ६ लाख ११ हजार २४१ घरधुरीले निजी आवास पुनर्निर्माण सम्पन्न गरिसकेका छन् भने हाल पुनर्निर्माण गरिरहेका लाभग्राहीको संख्या १ लाख ४६ हजार १५३ छ, जुन अनुदान सम्झौता गरेकामध्ये १७ दशमलव ८६ प्रतिशत हो । घर पुनर्निर्माण शुरु गरेका कुल लाभग्राहीको संख्या ७ लाख ५७ हजार ३९४ पुगेको छ जुन अनुदान सम्झौता गरेकामध्ये ९२ दशमलव ५३ प्रतिशत हो । प्रवलीकरण लाभग्राहीमध्ये कैयौं पुनर्निर्माण लाभग्राहीमा परिवर्तन भएपश्चात् हाल यस्ता लाभग्राहीको संख्या ५३ हजार ९५८ कायम भएको छ जसमध्ये ८४ दशमलव ९१ प्रतिशत अर्थात् ४५ हजार ८१४ ले अनुदान सम्झौता गरेका छन् । सम्झौता गरेकामध्ये ४५ हजार ७८१ अर्थात् ९९दशमलव ९३ प्रतिशतले पहिलो किस्ता लिइसकेका छन् ।