नदीमा डुबेर एक बेपत्ता

238
Shares

न्युज अफ नेपाल, धादिङ।

त्रिशुली नदीमा माछा मार्न गएका एक युवा बिहिबार बिहानदेखि नदीमा डुबेर बेपत्ता भएका छन् ।

धादिङको बेनिघाटरोराङ गाउँपालिका बिशालटारनिवासी २२ वर्षीय लक्ष्मण बिसुराल त्रिशुली नदीमा बेपत्रा भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक महेन्द्र खड्काले बताउनु भयो ।

दुई दिनदेखिको वर्षाका कारण नदीमा बढी आएकोले नदीमा हराएका व्यक्तिको खोजी कार्यभइरहे पनि पत्रा लाग्न सकेको छैन ।

त्रिशुली नदीमा एक महिनामा मात्र ३ जना बेपत्ता भइसकको छन् ।