फोन पे पेमेन्टको ‘रिफर एन्ड अर्न’ अफर



काठमाडौं, (नेस)  । 

फोन पे पेमेन्ट सर्विसले ‘रिफर एन्ड अर्न’ अफर ल्याएको छ । जसमा फोन पे अफर एपमा भएको युनिक रिफरल कोड प्रयोग गरेर रिफर गर्दा २५ सयसम्मको रिवार्ड प्वाइन्ट जित्न सकिनेछ । साथै दैनिक सबैभन्दा बढी रिफर गर्नेले एक हजार रूपियाँ प्राप्त गर्न सक्नेछन् । यस योजनामा २०७८ असार ३१ गतेसम्म सबैभन्दा बढी रिफर गर्नेले १० हजार रुपियाँ प्राप्त गर्न सकन्नेछन् ।

उक्त योजनाको बम्पर उपहारमा तीन जनाभन्दा बढीलाई रिफर गर्नेमध्येबाट गोला प्रथामार्फत १ लाख रुपियाँ जित्न सक्नेछन् । अफर एपबाट रिफर गर्नका लागि फोनपे अफर एप डाउनलोड गर्नुपर्नेछ । यो एप डाउनलोड गरी लगइन गर्नेमध्ये एक जनाले आइफोन १२ जित्न सकिन्छ ।फोनपे अफर एपमार्फत च्यालेन्ज एसेप्ट गरी विभिन्न किसिमका भुक्तानी गर्दा दैनिक एक हजार र साप्ताहिक रूपमा २ हजार रूपियाँ जित्न सकिनेछ ।

फोनपे अफर एपमा विभिन्न व्यवसाय तथा मर्चेन्टले दिएका अफर तथा छुटहरूबारे जानकारी पाउन सकिन्छ । फोनपे अफर एपमा भुक्तानी गर्दा पाएको रिवार्ड प्वाइन्टबाट विभिन्न सामान हरू पनि किन्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्