तेस्रो लहरको त्रास


कोरोना संक्रमणको दर घट्दो क्रममा रहेपनि अझै नियन्त्रणमा आइनसक्दै सरकारले स्मार्ट लकडाउनको नाममा सार्वजनिक सवारी साधन समेत सञ्चालनमा ल्याएपछि जनस्वास्थ्य बिज्ञहरुले मुलुकमा फेरि भयावह अवस्था र्सिजना हुनेतर्फ सचेत गराएका छन् । सरकारले बारअनुसार पसल संचालनको मापदण्ड बनाएपनि त्यसको बेवास्ता गर्दै सबै पसल संचालनमा ल्याएपछि सामान खरिद गर्नेको भीड थामीनसक्नुको अवस्थामा पुगेको छ ।

स्थानीय प्रशासनले राजधानी उपत्यकालगायत मुख्य शहरमा सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेपनि त्यसको समेत पालना भएको पाइँदैन । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले गरेको आग्रहलाई वेवास्ता गर्र्दै मानिहरु हुलका हुल बाहिर निस्कने पार्टी भोजको समेत आयोजना गर्न थालेकाले नियन्त्रणतर्फउन्मुख कोरोना संक्रमण पुनः फैलने सम्भावना अत्यधिक रहेको भन्दै स्वास्थ्यकर्मीहरुले लकडाउनलाई अझै कडा बनाउन सरकारलाई आग्रह गरेपनि सरकारले भने त्यसको सुनुवाइ गरेको छैन ।कोरोनाको महामारीलाई नेपालीले विगत डेढ वर्षभन्दा लामो समयदेखि झेलिरहेका छन् । दुर्भाग्यवश यही बेला नेपालमा राजनीतिक अस्थिरता र प्रतिशोधपूर्ण वातावरण देखियो । राजनीतिक नेतृत्वबीच सिर्जना भएको प्रतिशोधको राजनीतिका कारण कोरोना महामारीप्रति पर्याप्त ध्यान दिन सकिएन ।

आज पनि न त राजनीतिक नेतृत्व न त आम नागरिक यसप्रति अपेक्षाकृत रुपमा सचेत र सजग छन् । बिना कामका मानिसहरु सडकमा उत्रन क्रम बढेको छ । उनीहरुमाथि निगरानी नगर्ने हो भने विगतको हविगत मुलुकले नभोग्ला भन्न सकिंदैन । वैशाखको मध्यदेखि अनियन्तित्र रुपमा फैलिएको कोरोनाको ग्राफ बिस्तारै ओरालो लाग्नासाथ जथाभावी रुपमा खोलिएको बजार व्यवसायका कारण कोरोना संक्रमण तीव्र रुपमा फैलने सम्भावना बढ्दैगएको छ । कोरोना संक्रमणको तेस्रो लहरका लक्षणहरु नेपालमा देखा पर्न थालिसक्दा पनि सरकारले सचेतता नअपनाउने हो भने मुलुकले अर्को संक्रणको जोखिम नबेर्होला भन्न सकिदैन । कोरोना संक्रमणको नयांँ भेरियन्ट डेल्टा प्लससमेत नेपालमा देखापरेकाले यो डरलाग्दो अवस्थाको संकेत हो । नयांँ भेरियन्टले सबै उमेर समूहका मानिसलाई आक्रमण गर्ने चेतावनी विश्व स्वास्थ्य संगठन लगायतका निकायले दिएपनि यसलाई नेपालले भने नजरअन्दाज गर्न खोजेको हो कि भन्ने आशंका पैदा गराइदिएको छ । तीव्र गतिमा फैलने नयाँं भेरियन्टले मानिसको मृत्युदरलाई समेत तीव्र गतिमा फैलाउनसक्ने चेतावनीलाई न सरकार न जनताले नजरअन्दाज गर्न मिल्छ ।

समयमा नै सचेत हुन सकिएन भने अर्को बिकराल रुप लिने भएकाले सबै समयमा नै सचेत हुन जरुरी देखिन्छ । लामो समय सम्मको लकडाउनपछि घरबाहिर निस्कन शुरु गरेका आम नेपालीले यस रोगलाई हेलचेक्र्याइँ गर्ने हो भने यसले कसलाई कसरी आक्रमण गर्छ भन्न सकिने अवस्था देखिदैन । कोरोना विरुद्धको खोप लगाएका भन्दा नलगाएकामा भाइरस तीव्र रुपमा सर्ने भएकाले खोप नलिएका नागरिक जरुरी कामबाहेक अन्य काममा बाहिर निस्कनु भनेको काल तिम्त्याउनुसरह भएकाले यसतर्फ सचेत हुन समेत बिज्ञहरुले सुझाव दिएका छन् । विज्ञहरुको सुझावलाई बेवास्ता गर्ने बानीमा सुधार ल्याउनुपर्ने देखिन्छ । बाख्रो म-योभन्दा पनि काल पल्कियो भन्ने पुरानो उखानलाई मनन गर्नुपर्ने अवस्था छ ।