बाढीले डाइभर्सन बगाउँदा ,पूर्वपश्चिम राजमार्ग अवरूद्ध


न्युज अफ नेपाल, काठमाडौं ।

लगातार अविरल वर्षाको कारण बाढीले डाइभर्सन बगाउँदा  पूर्वपश्चिम राजमार्गको बुटवल-बर्दघाट सडकखण्ड अवरूद्ध भएको छ। गए राति आएको बाढीले नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १३ बडेरास्थित डाइभर्सन बगाएको हो।

कल्भर्ट निर्माणका लागि बनाइएको डाइभर्सन नै बगाएपछि बुधबार बिहान साडे ४ बजेदेखि नै बुटवल-बर्दघाट सडकखण्ड अवरूद्ध रहेको प्रहरीले जानकारी दिएको छ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले सडक अवरूद्ध रहेको बताए।अहिले पनि पानी परिरहेकोले डाइभर्सन मर्मत गरी सडक सुचारू गर्न समय लाग्ने भएको छ।