बैठकमा नेपाल समूहका ११ बाहेक सबैलाई निम्ता

नेकपा एमाले विवाद


काठमाडौं (नेस) ।

विवादको भुमरीमा परेको सत्तारूढ दलको विवादले फेरि उग्र रूप लिने देखिएको छ । नेकपा एमालेको अवैध घोषणा गरिएको १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक आजको लागि बोलाइएको छ ।उक्त बैठकमा कारवाहीमा परेका माधव नेपाललगायत ११ जनाबाहेक सबैलाई आमन्त्रण गरिएको नेकपा एमालेका कार्यलय सचिव शेरबहादुर तामाङले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

बुधबार बिहान ११ बजे बस्ने महाधिवेशन आयोजक कमिटीको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्री लगायत ११ जनालाई सहभागी हुन खबर नगरेको तामाङले जानकारी दिनुभयो ।आज बस्ने बैठकले दशौं महाधिवेशन आयोजक कमिटी विघटन गर्ने र पार्टीलाई २०७५ जेठ २ को अवस्थामा लैजान पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली तयार हुनु भएकाले आजको बैठकमा नेपाल पक्षका ११ जना बाहेकका नेताहरूको समेत सहभागिता रहने एक नेताले नेपाल समाचारपत्रलाई जानकारी दिए ।गएको फागुन २८ मा अध्यक्ष ओलीले दशौं महाधिवेशन आयोजक कमिटी बनाए पनि सर्वोच्च अदालतले उक्त निर्णयलाई खारेज गरिदिएको थियो ।