हुम्लामा पहिरोले डोजर पुरिँदा चालकको मृत्यु


अर्जुन बोहरा, हुम्ला ।

हुम्लाको अदनचुली गाउँपालिकामा पहिरो खसेर डोजर पुरिँदा चालकको ज्यान गएको छ ।अदनचुली गाउँपालिकामा –५को श्रीनगर देखि कालिका गाउँसम्मको लिङरोड खन्ने क्रममा माथिबाट खसेको पहिरोले डोजरसहित चालक पुरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । गाउँपालिका –५ सेराजुउलको भिरमा सडक खन्ने क्रममा दिउँसो एक्कासि माथिबाट पहिरो खस्दा बर्दिया नगपालिका ८ का २६ वर्षीय सन्तोष थारुको ज्यान गएको जिल्ला प्रहरी कार्याल डिएसपी हेलम्बु शार्माले जानकारी दिए ।

डोजर चालक सडक खन्नेक्रमा एकासी माथिबाट सुख्खा पहिरा आउँदा डोजरसहित पुरिएको बताइएको छ । मृत्यक चालक थारुको नजिकै रहेको बाजुरा जिल्लामा पोष्टमार्ट पछि मृत्यकका आफन्त लाई बुझाउने तयारी रहेको जिल्ला प्रहरी कार्यालप्रहरी डिएसपी शार्माले बताउनु भयो ।