प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा रिटनिवेदकको बहस आज सकिँदै



न्युज अफ नेपाल ,काठमाडौं ।

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज रिट निवेदक प‍क्षको बसह सकिदै छ । विपक्षी पाँच दलको गठबन्धनमा आवद्ध सांसदहरुको हस्ताक्षरसहित दायर रिटमा आज उनीहरु पक्षधर कानून व्यवसायीको बहस सकिने भएको हो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा निवेदकका लागि छुट्टाइएको १२ घण्टाको समयमा शुक्रबारको बहस सकिँदासम्म २ घण्टा ३५ मिनेट बाँकी रहेको छ ।

संवैधानिक इजलासमा यही असार ९ गतेदेखि रिट निवेदक पक्षको बहस शुरू भएको बहसमा शुक्रबार वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल, दिनमणि पोखरेल, सुनिल पोखरेल, टीकाराम भट्टराई, मुक्ति प्रधान र गोपालकृष्ण घिमिरेले बहस गरेका थिए ।सरकारी पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, महान्यायाधिवक्ता रमेश बडालसहित सहमहान्यायधिवक्ता,नायब महान्यायाधिवक्तासहित ११ जनाले बहस गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्