कोरोना बेवास्ता गर्दै महिला सहयोगीलाई चुम्बन गरेका बेलायती स्वास्थ्यमन्त्रीले दिए राजीनामा



न्युज अफ नेपाल , काठमाडौं ।

कोरोना भाइरसको महामारी सामाजिक दूरीको नियम तोड्दै आफ्नै एक महिला सहयोगीलाई चुम्बन गरेका बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यानककले राजीनामा दिएका छन्।

कोरोना भाइरस नियन्त्रणका लागि बनाइएका स्वास्थ्य मापदण्ड तोड्दै उनले केही समयअघि एक महिला सहयोगीलाई अँगालो हालेर चुम्बन गरेका थिए । लगत्तै उनको चर्को आलोचना भएको थियो । ह्यानककले शनिबार प्रधानमन्त्री बोरिस जोन्सनलाई राजीनामा दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्