स्थानीय तहको बजेट पूर्वाधार केन्द्रित


नेपाल समाचारपत्र, हेटौंडा । 

मकवानपुरका १० वटै स्थानीय तहले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति कार्यक्रम तथा बजेटमा भौतिक पूर्वाधार विकासलाई जोड दिइएका छन् । हेटौंडा उपमहानगरपालिकाले धेरै रकम सडक, नाली, सडकपेटी, कच्ची सडकलाई पक्की बनाउनेमा केन्द्रित रहेको मेयर हरिबहादुर महतले बताउनुभयो । धेरै बजेट पूर्वाधार विकासका लागि खर्च गर्ने तयारी रहेको उहाँको भनाइ छ ।

उपमहानगरपालिकाले २ अर्ब ६० करोड १५ लाख ५२ हजारको बजेट ल्याउँदा आन्तरिक स्रोतबाट २४ करोड ३८ लाख ७५ हजार, राजस्व बाँडफाँडबाट ५६ करोड ८ लाख ८१ हजार, प्रदेश सरकारका विभिन्न अनुदानबाट १२ करोड ६६ लाख ९६ हजार, संघीय सरकारको अनुदान १ अर्ब २ करोड १ लाख, नगर विकास कोषबाट ऋण अनुदान ९ करोड र गत वर्षको नगद मौज्दातबाट ५६ करोड व्यवस्थापन गरिने बताइएको छ ।थाहा नगरले आर्थिक वर्ष २०७८-७९ का लागि ९५ करोड ६४ लाख ३२ हजारको बजेट ल्याएको छ । नगरपालिकाले अन्तरिक स्रोततर्फ ११ करोड ८८ लाख ४९ हजार, राजस्व बाँडफाँडतर्फ १६ करोड ५३ लाख ४९ हजारको बजेट पेस गरेको हो ।बकैया गाउँपालिकाले ६२ करोड ८३ लाख ७८ हजारको बजेट प्रस्तुत गरेको छ । खर्चतर्फ संघबाट प्राप्त समानीकरण अनुदान तथा राजस्व बाँडफाँड, बागमती प्रदेश सरकारबाट प्राप्त समानीकरण अनुदान तथा राजस्व बाँडफाँड, आन्तरिक आय र चालू आवको मौज्दातसमेत जम्मा ३३ करोड ७७ लाख ९९ हजार ७ सय १८ रुपियाँ ९६ पैसामध्ये सञ्चालन खर्चतर्फ ७ करोड र विकास बजेटतर्फ २६ करोड ७७ लाख ९९ हजार ७ सय १८ रुपियाँ विनियोजन गरिएको छ ।

मकवानपुरगढी गाउँपालिकाले धेरैजसो रकम पूर्वाधार विकासलाई जोड दिएको गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाई ले बताउनुभयो । आर्थिक वर्ष २०७८-७९ का लागि ६२ करोड ९२ लाख १७ हजार ५ सय रुपियाँ बजेट ल्याइएको छ । संघीय सरकार र प्रदेश सरकारको गरी वित्तीय समानीकरण अनुदान ११ करोड ३८ लाख ६७ हजार प्राप्त हुने पालिकाले जनाएको छ ।त्यस्तै राक्सिराङ गाउँपालिकाले ५४ करोड ७३ लाख २० हजारको बजेट प्रस्तुत गरेको छ । असार मसान्तसम्म आन्तरिक राजस्व वृद्धि भएर ४ करोड ८३ लाख संकलन हुने, चालू आर्थिक वर्षमा ३ करोड मौज्दात रहने, संघीय सरकारबाट ३९ करोड १८ लाख १३ हजार र प्रदेश सरकारबाट ७ करोड ७१ लाख ७ हजार ८ सय ४३ वित्तीय हस्तान्तरणमार्फत् प्राप्त हुने अनुमान गरिएको छ । कैलाश गाउँपालिकाले ४५ करोड ९६ लाखको बजेट प्रस्तुत गरेको छ । पालिकाको नीति तथा कार्यक्रम र बजेटअनुसार पालिकाले २० करोड पुँजीगततर्फ ९४५ प्रतिशत० र २५ करोड चालुतर्फ ९५५ प्रतिशत० बजेट विनियोजन गरेको छ । भौतिक पूर्वाधार निर्माणलाई बढी जोड दिएर पालिकाले आर्थिक आगामी आर्थिक वर्षको बजेट विनियोजन गरेको छ ।

मनहरी गाउँपालिकाले ८३ करोड ६७ लाख ४६ हजारको बजेट सार्वजनिक गरेको छ । पालिकाले चालू र पुँजीगत कार्यक्रमतर्फ एकमुष्ट ८३ करोड ६७ लाख ४६ हजारको बजेट विनियोजन गरेको हो । बिगत वर्षमा सञ्चालन गरिँदै आएको नीति तथा कार्यक्रमलाई निरन्तरता दिएर स्वास्थ्य सुरक्षाका कार्यक्रमसमेत थप गरी पालिकाले बजेट ल्याएको छ ।इन्द्रसरोवर गाउँपालिकाले ३८ करोड ४१ लाख ५९ हजार ७ सय २६ रुपियाँको बजेट सार्वजनिक गरेको छ । पालिकाले बजेटमा सडक पूर्वाधार बिस्तार, कृषि र पशुक्षेत्रको उत्पादन वृद्धि, बालमैत्री, अपांगतामैत्री, स्वास्थ्य सेवा विकास, बिस्तारलगायतलाई प्राथमिकतामा राखेको छ । भीमफेदी गाउँपालिकाले ६५ करोड ४१ लाख ९९ हजारको बजेट सार्वजनिक गरेको छ । बजेटमा कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । पालिकाले भीमफेदीको हात्तीसार क्षेत्रमा साहसिक खेल जिपलाइन र भीमफेदी गाउँपालिका–९ मा रक क्लाइम्बिङ, ९ नम्बरमै लालीगुराँस साइक्लिङ ट्रयाकसम्मको योजना सार्वजनिक गरेको छ । बागमती गाउँपालिकाले ५३ करोड ६६ लाख ९८ हजारको बजेट ल्याएको छ । पालिकाले आर्थिक विकासको माध्यमबाट गरिबी न्यूनीकरण श्रमिकको, न्यूनतम् पारिश्रमिक निर्धारण र शिक्षा स्वास्थ्य, दुर्घटना बीमा व्यवस्था गरी बेरोजगारी समस्या समाधानमा सघाउ पु¥याउने नीति लिएको छ ।

पाँच स्थानीय तहको बजेट डेढ अर्ब

जिल्लाका पाँच स्थानीय तहले डेढ अर्ब रुपियाँबराबरको बजेट प्रस्तुत गरेका छन् । आगामी आर्थिक वर्ष २०७८-७९ का निम्ति पाँचवटै गाउँपालिकाले पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि, पशु, पर्यटन र संस्कृतलाई जर्गेना गर्ने खालका कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
आर्थिक वर्ष २०७८-७९ का लागि गोसाईकुन्ड गाउँपालिकाले ३१ करोड, उतरगया गाउँपालिकाले ३४ करोड ३७ लाख २२ हजार, कालिका गाउँपालिकाले ३३ करोड ९८ लाख, आमाछोदिङमोमा गाउँपालिकाले ३२ करोड, नौकुण्ड गाउँपालिकाले ३६ करोड २६ लाख १७ हजार १ सय ४९ रूपियाँको बजेट ल्याएका छन् ।

संघ र प्रदेशबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँड र गाउँपालिकाको आन्तरिक आयलाई जोडेर स्थानीय तहले बजेट विनियोजन गरेका हुन् । स्थानीय सरकारले असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने प्रावधान अनुरुप बजेट विनियोजन गरेका हुन् ।