लालिगामा दर्शक प्रवेश गराइने


मेड्रिड, (एजेन्सी)।

आगामी नयाँ सिजन २०२१–२२ बाट स्पेनको लालिगा फुटबलमा दर्शकलाई रंगशाला प्रवेशमाअनुमति दिइने निर्णय त्यहाँको सरकारले गरेको छ ।
स्पेनको स्वास्थ्यमन्त्रालयले रंगशालामा दर्शक प्रवेश गराउने बारे निर्णय गरेको हो । स्पेनिस सरकारकी स्वास्थ्यमन्त्री कारोलिना डारियाजले आधिकारिक रूपमा नयाँ सिजनबाट लालिगाका खेलमा दर्शकलाई रंगशाला प्रवेशका लागि अनुमति दिइने निर्णय भएको बताएकी छन् ।

तर, लालिगामा शतप्रतिशत दर्शकले भने रंगशालामा प्रवेश पाउने छैनन् । यसका लागि कोरोना सुरक्षा मापदण्ड पालना गर्नुपर्ने छ । जसमा रंगशालाको दर्शक क्षमताका आधारमा सीमित संख्यालाई अनुमति दिइने बताइएको छ । खेल हेर्न रंगशालाजाने दर्शकले भने कोभिड खोप अनिवार्य लगाएको हुनुपर्ने नियम बनाइएको छ । यसका साथै अन्य स्वास्थ्य मापदण्ड पनिपालना गर्नुपर्नेछ । सरकारले तोेकेको कोरोना सुरक्षा प्रोटोकलमा रहेर स्पेनिस फुटबलप्रेमीले अब नयाँ सिजनबाट रंगशाला नै पुगेर फुटबलको मज्जालिनपाउने भएका छन् ।

नयाँसिजन २०२१–२२ को लालिगा शुरू हुने मिति हालसम्म घोषणा गरिसकेको छैन । युरोपेली टप–५ लिगमध्ये इंग्लिस प्रिमियर लिगले मात्रै नयाँ सिजन शुरू हुने मिति घोषणा गरेको छ । अन्यलिगले दुई साता भित्रमा मिति तय गरेर खेल तालिकापनि सार्वजनिक गरिसक्नु पर्नेछ ।जारी युरो कप२०२० मा पनि सीमित दर्शकलाई रंगशालामा प्रवेशमाअनुमति दिइएको छ । युरो कपमाकुनै पनिखेलअहिले दर्शक बिनाका खाली रंगशालामा भएका छैनन् । कहीं रंगशाला भरि दर्शक छन् भने कहीं स्वास्थ्य मापदण्ड पूरा गरेर सीमित संख्यामा रंगशाला प्रवेशका लागि खुला गरिएको छ । तर, कोरोनाको असर उच्च रहेको ब्राजिलमाभने अहिले पनिदर्शकलाई रंगशाला प्रवेशमा अनुमति छैन । त्यहाँ जारी कोपा अमेरिका फुटबलमा हरेक खेल बन्द रंगशालामै भइरहेका छन् ।