चेस उपाधि कृष्णलाई


ललितपुर, (नेस) । 

स्व. राजे शहरि जोशी स्मृति अनलाइन बुद्धिचाल प्रतियोगितामा हेटौंडाका कृष्ण थापाले उपाधि जतेका छन् ।लगातार नवौं चरणसम्म अपराजित रहि उत्कृष्ट प्रदर्शन गरिरहेका १३ वर्षीय युवा खेलाडी पुरुषोत्तम सिलवाललाई कृष्णले दशौं चरणमा पराजित गरेपछि नै उपा धिपक्का भएको हो । पुरुषोत्तमले दशौं चरणको खेलमा क्याटलाइन ओपनिङ अन्तर्गत नाइट सि सिक्स, बिशप बि सेभेन भेरिएसनमा मेन लाइनभन्दाबाहिर खेल्न पुगेका थिए। तीनमिनेट दुईसेकेन्डको ब्लिज खेलमा क्विकक्याल कुलेसन नै हतियार हुने हुँदा कृष्णले एउटा पाउन अप गर्दै खेललाई आफ्नो अनुकूल बनाएका थिए।

यसपछि, कृष्णले अन्तिम चरण (११ औं चरण) मा बद्रीलाल नेपालीलाई हराएर १० अंकसहित उपाधि हात पारे । तर, निकै अपेक्षा गरिएका पुरुषोत्तम सिलवाल१० अंक नै जोडे पनि प्रोग्रेसिभ अंकमा पछाडि परी दोस्रो स्थानमा रहे । उनले ११औं चरणमा सप्तरीका महेशकुमार चौधरीलाई पराजित गरेका थिए । त्यस्तै, प्रतियोगितामा नौ अंकका साथ फिडे मास्टर क्षितिज भण्डारी तेस्रो भए । झापाका जोशिला खेलाडी राजन सुवेदी चौंथो स्थानमा रहे ।ललितपुर स्पोट्र्स क्लबको आयोजनामा सञ्चालनभएको सर्वाधिक पुरस्कार राशिएवं सह भागिताको उक्त प्रतियोगितामा रूपेश जैसवाल पाँचौं, तीन पटकका नेपाल च्याम्पियन बद्रीलाल नेपाली छैटौं र हाल रसियामा चेस अध्ययनरत २५सयमाथि रेटिङ पु-याउन सक्षम विवेक थिङ मनिष हमालसँगको खेलमा लापटप चार्ज सकेर अंकगुमाउँदै सातौं स्थानमा रहे । त्यसैगरी, सुशील चौधरी, आशीष फुयाँल, मनिष हमाल क्रमशः आठौंदेखि दशौं स्थानसम्म रहे । सबैले नगद पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगिताका उत्कृष्ट महिलामा पुनम गुरुङ पहिलो, डब्ल्यु एफएम सुजना लोहनी दोस्रो र इन्दिरा वस्तीले तेस्रो स्थान रहेका छन् । १० औंं स्थान सम्मका महिला खेलाडीहरूलाई पनिनगद पुरस्कारको व्यवस्था गरेका थिए। विधा पुरस्कारअन्तर्गत २००० रेटिङमुनि भुवनेश्वर चौधरी, १८५० मुनि चुडामणि सि, १७५० मुनि सुरज लिम्बू, १५५० मुनि जमिम अलि उत्कृष्ट ठहरिए। भेट्रानतर्फ काठमाडौंका महेश्वरलाल डंगोल पहिलोर ललितपुरका सूर्यमान महर्जन दोस्रो बने। यसअघि,ललितपुर स्पोट्र्स क्लबले नेपाल बुद्धिचाल संघका पूर्व अध्यक्ष तथा क्लबका सल्लाहकार स्व. राजेश हरि जोशीको १३औं पुण्य तिथिको दिन अनलाइन शोक सभा कार्यक्रमको आयोजना गरेको थियो।