एमाले स्थायी कमिटी बैठक बस्दै


न्युज अफ नेपाल ,काठमाडौं ।

नेकपा एमालेको आज (आइतबार) स्थायी कमिटी बैठक बस्ने भएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले दिएको जानकारी अनुसार स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा अहिले बिहान ९ बजे बस्ने भएको हो।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको एमालेले जनाएको छ। असन्तुष्ट वरिष्ठ नेता माधव नेपालले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश दिन माग गर्दै सर्वोच्च अदालतमा दिइएको रिट निवेदनमा आफूनिकट सांसदले गरेको हस्ताक्षर फिर्ता नगर्ने बताएको भोलिपल्ट एमाले स्थायी कमिटी बैठक बस्न लागेको हो।