नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै


न्युज अफ नेपाल ,काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकाे पदाधकारी बैठकआज बस्दै छ।  कांग्रेसको १४ औं महाधिवेशन केन्द्रित बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने लागेकाे हाे । सभापति शेरबहादुर देउवाले महाधिवेशन केन्द्रित हुने गरी आज दिउँसो २ बजेका लागि बोलाएका छन्।

बैठकमा महाधिवेशन केन्द्रित विषयवस्तुमाथि छलफल हुने बताइएको छ। केन्द्रीय सदस्य रमेश लेखक संयोजक रहेको क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिले उजुरीबारे अध्ययन थालेको छ। क्रियाशील सदस्यतामा उजुरी परेकोले के-कसरी टुंग्याउने भन्नेबारे सभापति देउवाले छलफल गर्न शीर्ष नेताको बैठक राखेका छन्।