सञ्जय कार्की, रौतहट ।
रौतहटको परोहा नगरपालिकामा आज विहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
घर बाहिर बसिरहेको अबस्थामा आज बिहान चट्याङ लागेर परोहा नगरपालिका वडा नम्वर २ जिगडवा वेलविछुवा निबासी ३५ बर्षिय शेख जमसैदको मृत्यु् भएको छ । चट्याङ लागेर घाईत भएका जमसैदलाई नजिकै रहेको शिवदर्शन हस्पिटल शुकदेव चौकमा उपचारको लागि भर्ना गएिपनि उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
पछिल्लो दुई साता रौतहटमा बर्षा भैरहेको छ । प्रमुख जिल्ला अधिकारी ईन्द्रदेब यादबले जमसैदका चट्याङ लागेर मृत्यु भएको जानकारी दिनु भयो ।
प्रतिक्रिया