अविरल वर्षाका कारण सुर्खेत जलमग्न (तस्वीर)


न्युज अफ नेपाल ,काठमाडौं । सुर्खेत–अविरल वर्षाका कारण वीरेन्द्रनगरका विभिन्न क्षेत्र डुवानमा परेका छन् ।आज परेको पानीले वीरेन्द्रनगरका जुम्लारोड, खजुरालगायतका क्षेत्र डुवानमा परेका छन् ।

वर्षाका कारण पसलमा पानी पसेर क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी श्यामसिंह चौधरीले जानकारी दिए । ‘केही समय मात्रै पानी परेकाले ठूलो क्षति हुन पाएन्’ उनले भने, ‘४० भन्दाबढी पसलहरुमा क्षति भएको छ।’

खजुराका स्थानीयले वीरेन्द्रनगर नगरपालिकाको लापरवाहीका कारण आफूहरु डुवानमा परेको बताएका छन् । रत्नराजमार्ग दक्षिणका अधिकांश क्षेत्र डुवानमा परेका छन् । ‘दक्षिणतर्फका नालीहरुको निकास नहुँदा हरेक वर्ष डुवान हुने गरेको ।