प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदकतर्फका २९ जनाको बहस आज


न्युज अफ नेपाल ,काठमाडौं ।

प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा आज २९ जना कानुन व्यवसायीले बहस गर्ने भएका छन्। जारी सुनुवाइका क्रममा आज निवेदक पक्षले बहस गर्ने अन्तिम दिन हो। रिट निवेदकका तर्फका कानुन व्यवसायीलाई शुक्रबार बहसका लागि ३ देखि ३० मिनेटसम्मको समय तोकिएको छ।संवैधानिक इजलासमा सुनुवाइ भइरहेको रिटमा निवेदक पक्षलाई दिइएको १२ घण्टाको समयअनुसार आज निवेदकका तर्फबाट ४ घण्टा ४५ मिनेट बहस भएपछि सकिने भएको हो।

रिटमा सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलास गठन गरिएको छ ।कांग्रेस सभापति शेरबहादुर देउवालाई वैकल्पिक प्रधानमन्त्रीका रुपमा अघि सारेका विपक्षी गठबन्धनका १४६ सांसदको तर्फबाट दायररिटमा देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्न माग गरिएको छ। प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदकका तर्फबाट आज बहस सकिने भएको छ।