यौन प्रस्ताव अस्वीकार गर्दा सन्तोषीको हत्या



काठमाडौं, (नेस) ।  

यौन प्रस्ताव अस्वीकार गर्दा सन्तोषी सुब्बाको हत्या भएको प्रहरीले दाबी गरेको छ ।दक्षिणकाली काठमाडौ चल्ने सार्वजनिक बसमा सहचालकको काम गर्दै आएका सिन्धुपालोकका सुरेश तिमिल्सिनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।असार ५ गते फर्पिङ पुगेकी सुब्बा र तिमिल्सिनाबीच होटलमा भेट भएपछि खाना खाने क्रममा चिनजान भएपछि एकअपासमा यौन सम्पर्क गर्ने सहमति भएपछि दक्षिणकाली मन्दिर परिसरमा गएको र दुई जनाबीच यौन सम्पर्क गर्ने विषयमा खटपट भएपछि तिमिल्सिनाले हत्या गरेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुवेर खापुङले जानकारी दिनुभयो ।

दुवै जनाबीच यौन सम्पर्क गर्ने विषयमा शुरूमा सहमति भए पनि शौचालयमा पुगेपछि सुब्बाले आनाकानी गरेपछि तिमिल्सिनाले आवेशमा आएर हत्या गरेको प्रहरीले जानकारी दिएको छ । शौचालय पुगेपछि सुब्बाले आफू यौन सम्पर्क गर्न अनिच्छुक भएको बताएपछि लामो समयसम्म विवाद भएपछि तिमिल्सिनाले आवेगमा आएर शुरूमा ढुंगाले टाउकोमा हिर्काएका थिए ।घाइते भएकी सुब्बा चिच्याउन थालेपछि उनले लगाएको सलले घाँटी कसेर हत्या गरेपछि अनुहारमा ढुंगाले हानेर क्षतविक्षत बनाएका थिए उनी सुब्बाको हत्यापछि फर्पिङ बसपार्क आएर मोटरसाइकल चढेर काठमाडौंतर्फ भागेका थिए ।

दक्षिणकाली नगरपालिका–७ दक्षिणकाली मन्दिर परिसरको पिकनिक स्थलमा रहेको सार्वजनिक शौचालयमा अनुहारको भाग क्षतविक्षत रहेको अवस्थामा शव फेला परेको थियो । घटनाको अनुसन्धानमा खटिएको प्रहरी टोलीले उनलाई लुकीछिपी बसेको अवस्थामा काठमाडौं महानगरपालिका–२७ कमलाक्षीबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्