माधव निकट युवा नेता जीवन राईको दल दर्ता


न्युज अफ नेपाल , काठमाडौं ।

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल निकट युवा नेता जीवन राईको नयाँ दल दर्ता भएको छ । राईले निर्वाचन आयोगबाट नयाँ दल दर्ताको प्रमाणपत्र पाएका छन् । आयोगको जेठ ३० गतेको बैठकको निर्णय अनुसार प्रमाणपत्र प्राप्त गरेका हुन् । राई अध्यक्ष रहेको पार्टीको चुनाव चिह्न कलम छ । दल दर्ताको प्रमाणपत्र पाएपछि अध्यक्ष राईले पार्टीको भविष्य उज्वल रहेको बताएका छन् । ‘

उनको दल नेकपा एकीकृतमा कल्पना गुरुङ उपाध्यक्ष, विनोद खुलाल महासचिव, ऐनविक्रम कुँवर सचिव र सुशील खनाल कोषाध्यक्ष रहेका छन् । कार्यसमिति २५ सदस्यीय छ । एमालेको भ्रातृ संगठन अनेरास्ववियुका पूर्व नेता राईले नेकपा ९एकीकृत० नामको दल दर्ताका लागि वैशाख ७ गते आयोगमा निवेदन दिएका थिए ।