जातीय कारण कोठा नदिएकाे अभियोगमा पक्राउ परेकी सरस्वती प्रधान रिहा


न्युज अफ नेपाल ,काठमाडौं ।

काठमाडौं बबरमहलस्थित रूपा सुनारलाई जातका कारण आफ्नो घरको कोठा भाडामा दिन नमानेको आरोपमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधान बुधबार रिहा भएकी छन्।

अनुसन्धान फाइल जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाइएको थियो । सरकारी वकिलको कार्यालयले घरबेटीविरूद्ध प्रमाण नपुगेको भन्दै मुद्दा फिर्ता गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जिल्ला सरकारी वकिलको कार्यालयले उनको मुद्दा अदालतमा नलिई रिहा गरिदिएको जानकारी दिए।