नेपाल टेलिकमको मोबाइल नेटवर्कमा बिहानैदेखि समस्या


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा आज बिहानैदेखि समस्या आएको छ। बुधबार बिहानैदेखि फोन नलाग्नेजस्ता गुनासा आएका छन्। सम्पर्क नहुने समस्या आएपछि देशभरका सेवाग्राही मर्कामा परेका छन् ।

टेलिकमले मोबाइल फोन अवरुद्ध भएसँगै प्राविधिकहरु खटिएकाले छिट्टै समस्या समाधान हुने जानकारी दिएको छ । केही समयपछि मोबाइल नेटवर्कले काम गर्ने टेलिकमको भनाइ छ।

टेलिकमका मोबाइलमा फोन नलाग्ने, मेसेज नजाने, इन्टरनेट नचल्नेजस्ता समस्या देखिएको प्रयोगकर्ताहरूले गुनासा गरेका छन्। टेलिकमको ल्याण्डलाइन फोनमा भने समस्या छैन।