अदिति पहिलो स्थानमा


नेपाल समाचारपत्र, काठमाडौं । 

भिएस निकेतन, मिनभवन स्कुलकी कक्षा ८ मा अध्ययनरत अदिति के.सी.ले ओलम्पिक डे २०२१ को अवसरमा आयोजित भर्चुअल चित्रकला प्रतियोगितामा पहिलो स्थान हात पार्न सफल भएकी छिन् । ओलम्पिक डेको अवसरमा भिएस निकेतनले आफ्ना विद्यार्थीहरुका बीच नेचर, ग्लोबल वार्मिङ्ग र फ्युचर विषयमा भर्चुअल चित्रकला प्रतियोगिताको आयोजना गरेको थियो । जसमा दुई सय ५० विद्यार्थीहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा वर्षदा धिताल दोस्रो र आर्य प्रधान तेस्रो स्थानमा रहे ।

क्विज कन्टेष्टमा संस्कार पाठशाला दाङ, तुलसीपुरले ओलम्पिक डेको अवसरमा क्विज कन्टेस्टको आयोजना गरेको थियो । ८ विद्यार्थी बीच भएको प्रतियोगितामा न्यूसन खनाल प्रथम, बिमल ओली दोस्रो र स्वर्णिम पोखरेलले तेस्रो स्थान प्राप्त गरेको थियो ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता कक्षा ८ देखि १२ कक्षा सम्मका ५४ विद्यार्थीहरूको सहभागिता रहेको छ ।

प्रतियोगिताको समापन ओलम्पिक डेको अवसरमा पुरस्कार वितरणसहित गरिने छ । प्रतियोगितामा विजयी पहिलो, दोस्रो र तेस्रोले नगद १०, ८ र ५ हजार प्राप्त गर्नेछन् भने सान्त्वना प्राप्त गर्ने प्रतियोगिले नगद तीन हजार प्राप्त गर्नेछन् । पुरस्कार रकम कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले प्रायोजन गरेको थियो ।