नेपालमा कोरोनाको नयाँ भेरियन्ट देखियो


भगवती तिमल्सिना, काठमाडौ । 

नेपालमा कोरोनाको नयाँ भेरियन्ट फैलिएको रिपोर्ट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको छ । सरकारले नेपालमा कोरोना संक्रमित तथा संक्रमणबाट हुने मृत्युदरमा कमी आएको रिपोर्ट दिन प्रतिदिन सार्वजनिक गरिरहँदा मन्त्रालयले यस्तो रिपोर्ट सार्वजनिक गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयले गतमहिना वैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न भागबाट विभिन्न उमेर समूहका व्यक्तिबाट संकलित नमुनाको राष्ट्रिय जनस्वास्थ्यप्रयोगशालामा ४८ वटा नमुना छनोट गरेको थियो । सो नमुना विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालय तथा दक्षिण पूर्वी एसिया क्षेत्रीयकार्यालयको सहयोग र समन्वयमा भारतको नयाँदिल्ली स्थित डब्ल्यूएचओ आइडेन्टिफाइड सेन्टर अफएक्सिलेन्स इनजिनोमिक द इन्च्टिच्युट अफजिनोमिक एन्ड इन्टिग्रेटिभ बायोलोजीमा सिक्वेन्सिङका लागि पठाइएको जनाएको छ ।

नेपालमा ४८ वटा नमुना संकलन गरिएकामध्ये ४७ वटा नमुनामाविश्वका ८० भन्दा बढी मुलुकमा फैलिएको डेल्टा भेरियन्ट पत्तालागेको छ भने एकजनामामात्रै अल्फा भेरियन्ट देखिएको छ । यो भेरियन्ट नेपालमा केही समय अघि थियो र अहिले संसारभरि एक सय ६४ मुलुकमा फैलिसकेको अल्फा भेरियन्ट दोहोरिएको छ । ४८ जनामादेखिएको भेरियन्टमध्ये नौजनामा के ४.१.७एनभन्ने नयाँ म्युटेसन अरूभन्दा परिवर्तित रूप भएको भेरियन्ट भेटिएको हो । यो नेपालमा अघिल्लो पटकको सिक्योन्सिमा पनि भेटिएको भेरियन्ट हो । यो नयाँभने नभएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी गराउनु भएको छ ।यो विश्वका १० वटा मुलुकमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेको के ४.१.७एन भेरियन्ट भएको पनि डा. पौडेलले प्रष्ट्याउनुभयो ।

स्वास्थ्यतथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार परीक्षण गराएका ४८ नमुनामा ४७ वटा नमुनामा डेल्टा भेरियन्ट (बी.१.६१७.२) पुष्टि भएको छ भने एउटा नमुनामाअल्फा भेरियन्ट (बी.१.१.७) पुष्टि भएको छ । ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएकानमुनामध्ये नौ वटामा यसअघि देखिएको परिवर्तित के ४.१.७एन (म्युटेसन) भेटिएको हो । यसलाई विश्व स्वास्थ्य संगठनले पहिला नै एवाई.१ नामदिइएको थियो ।हालसम्म भेरियन्ट अफकन्सर्नका रूपमा नेपालमा अल्फा (बी.१.१.७) र डेल्टा (बी.१.६१७.२) भेरियन्ट तथा ‘भेरियन्ट अफ इन्ट्रेस्ट’ का रूपमा कप्पा भेरियन्ट (बी.१.६१७.१) पुष्टि भएको छ । पछिल्लो अध्ययनले देखाए अनुसार नेपालमा देखा परेका भाइरस छिटोभन्दा छिटो सबै उमेर समूहका व्यक्तिमा फैलिएको पाइएको पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ताले जानकारी गराउनुभयो । उहाँले संक्रमण रोक्न सचेत र जिम्मेवार बनी जनस्वा स्थ्यका मापदण्डहरूको पालना गर्न गराउन अनुरोध गर्नुभयो ।

सरुवारोग विशेषज्ञ डा. वासुदेव पाण्डेका अनुसार यो नयाँ देखिएको भाइरस रूप परिवर्तित अवस्थाको भएको र थप अध्ययन अनुसन्धानबाट कति छिटो फैलन्छ या डेल्टाभन्दा फरक छ भन्ने विषयमा हेर्नुपर्ने हुन्छ । विशेषगरी खोपले ६ महिनाकाम गर्ने हुनाले दुईडोज खोप पूरा गरेकाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेको खण्डमा असर कम गर्छ भने खोप नै लगाउन नपाएका नागरिकका लागि भने यो खतरा हुन सक्छ ।