वैदेशिक सहायता प्रतिबद्धता ३५ प्रतिशतले बढ्यो


नेपाल समाचारपत्र, काठमाडौं । 
चालू आर्थिक वर्ष २०७७÷७८ को वैशाख महिनासम्म वैदेशिक सहायता प्रतिबद्धता अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५ दशमलव ३ प्रतिशतले बढी आएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ४९ अर्ब करोड रुपियाँ बराबरको वैदेशिक सहायताको प्रतिबद्धता आएकोमा चालू आर्थिक वर्षको वैशाखसम्ममा २ खर्ब २ अर्ब २८ रुपियाँ बराबरको प्रतिबद्धता आएको छ ।

अर्थ मन्त्रालयका अनुसार वैदेशिक सहायता प्रतिबद्धतामध्ये अनदुान सहायता १० दशमलव ९ प्रतिशत र ऋण सहायता ८९ दशमलव १ प्रतिशत रहेको छ । यो अघिल्लो आर्थिक वर्षमा यस्तो अनपुात क्रमशः १४ दशमलव ३ प्रतिशत र ८५ दशमलव ७ प्रत्शित रहेको थियो ।
वैशाख महिनासम्मको वैदेशिक सहायता प्रतिबद्धतामा द्विपक्षीय र बहुपक्षीय सहायताको हिस्सा क्रमशः४ दशमलव ७ प्रतिशत र ९५ दशमलव ७ प्रतिशत रहेको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयको तथ्यांक अनुसार कुल वैदेशिक सहायता प्रतिबद्धतामा सडक क्षेत्रमा सबैभन्दा बढी २६ दशमलव ७ प्रतिशत, ऊर्जा क्षेत्रमा २२ दशमलव ९ प्रतिशत र बजेटरी सहायताको रूपमा ११ दशमलव ७ प्रतिशत रहेको छ ।

त्यस्तै चालू आर्थिक वर्षको वैशाखसम्म १४ अर्ब ३३ करोड रुपियाँ अनुदान र ६७ अर्ब १० करोड ऋण गरी कुल ८१ अर्ब ४३ करोड रुपियाँ वैदेशिक सहायता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको वैशाखसम्म १ खर्ब १२ अर्ब ५२ करोड रुपियाँ बराबरको आन्तरिक ऋण परिचालन भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो ऋण परिचालन १ खर्ब ३५ अर्ब रुपियाँ रहेको थियो ।