न्युज अफ नेपाल , कास्की ।
नेपाल भारत मैत्री संघले मनाङका बाढ़ी पिडित जनताको सहयोगका लागि २ लाख १ हजार रक़म प्रदान गरेको छ ।गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई नेपाल भारत मैत्री संघका वरिष्ठ उपाध्यक्ष शैलेन्द्र मोहन झा, उपाध्यक्षबासुदेव रिमाल, ऋषी सापकोटा, महासचिब बध कृष्ण सुबेदी लगाएतले सोमवार मुख्यमन्त्रीको कार्यालयमा सो रक़म हस्तान्तरण गरेकाछन।
केहि दिन पहिलेको लगातारको वर्षाका कारण मनाङ ज़िल्लाका विभिन्न ठाउमा बाढीले सयौं घर परिवार विस्थापित बनाएको थियो ।कार्यक्रममा मुख्यमन्त्री नेपालीले बिपत्तिको बेला देश भरका जनता सँगसगै छन भन्ने अनुभूति मिलेको बताउदै सहयोगी संस्था नेपालभारत मैत्री संघ प्रति आभार प्रकट गर्नुभयो ।
वरिष्ठ उपाध्यक्ष शैलेन्द्र मोहन झाले पुरै देश बाढ़ी र कोभिड ग्रसित छ यस समयमा संघको तर्फ़बाट केहि राहत प्रदान गर्न पाएकोमा ख़ुशीब्यक्त गर्नु भएको थियो ।उपाध्यक्षद्वय बासुदेव रिमाल, ऋषी सापकोटा, महासचिब बध कृष्ण सुबेदी लगाएतले संस्थाका गतिबिधि बारे प्रकाश पार्नु भएको थियो।
प्रतिक्रिया