अवरुद्ध महाकाली राजमार्ग खुल्यो



k|lhc yfkfåf/f cj?4 ;8ssf] cg’udg s0ff{nL, % c;f/ . lhNnf k|zf;g sfof{no h’Dnfsf k|d’v lhNnf clwsf/L e”k]Gb| yfkf clj/n jiff{sf sf/0f zlgaf/ s0ff{nL /fhdfu{cGtu{t h’Dnf ;8s v08sf] rf}v]9’+ufdf uPsf] klx/f]sf] cg’udg ub}{ . cj?4 ;8s v’nfpg To;tkm{ h]l;aL k7fOPsf] lhNnf k|zf;g sfof{no h’Dnfn] hgfPsf] 5 . t:jL/ M ;f}hGo M lhk|sf h’Dnf÷z’/axfb’/ l;+x, /f;;, s0ff{nL k|b]z

बैतडी ।

छुट्टाछुट्टै दुई ठाउँमा पहिरा खस्दा अवरुद्ध बनेको महाकाली राजमार्ग पुनः सञ्चालनमा आएको छ । राजमार्गको जिल्लाको सतबाँझ–गोकुलेश्वर सडकखण्डको सुर्नया गाउँपालिका–३ धरमघर र दोगडाकेदार गाउँपालिका–५ ढिकगाडमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो ।

धरमघरमा आज दिउँसो १ः०० बजे र ढिकगाडमा बिहान साढे ८ः०० बजेदेखि सडक सञ्चालनमा आएको अस्थायी ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन बिष्टले जानकारी दिनुभयो । पहिराले ढिकगाडमा गए राति १ः०० देखि र धरमघरमा बिहान ८ः०० बजेदेखि सडक अवरुद्ध भएको थियो ।

अहिलेलाई राजमार्ग सञ्चालनमा ल्याइएको भए पनि लगातार रुपमा वर्षा भइरहेकाले ती स्थानमा अझै पहिराको जोखिम कायमै रहेको खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोति बमले जानकारी दिनुभयो । यसअघि शनिबार अपराह्न पनि धरमघरमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएकामा करीब दुई घण्टापछि खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस्