स्वास्थ्यकर्मीको साहसको प्रशंसा


काठमाडौं, (नेस) । 

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससले मुस्ताङमा स्वास्थ्यकर्मीले कोरोनाविरुद्धको खोप खोलातारिरहेको भिडिओ रिट्वीट गर्दै स्वास्थ्यकर्मीले जीवन रक्षाका लागि देखाएको साहसको प्रशंसा गर्नुभएको छ ।गतअसार एक गते वर्षात्का कारण मुस्ताङको छापताङ खोला बढेपछि स्वास्थ्यकर्मीले पाइपको साहराले कोरोनाविरुद्धको खोपको बाक्सा खोलापारी पु-याएकाथिए ।

उक्त भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएसँगै डब्ल्यूएचओका महानिर्देशक गेब्रेयससले स्वास्थ्यकर्मीको साहसको प्रशंसा गर्दै कतिपय स्थानमायस्ता हिरोहरूले अझै खोप लगाउन नपाएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।ट्विटरमा उहाँले लेख्नु भएको छ– ‘स्वास्थ्यकर्मी यसरी जीवन रक्षाका लागि कति टाढासम्म जाँदै छन् । धेरै ठाउँमा अझै पनि यीनायकहरू खोपबाट बञ्चित भएका छन्, के यो न्यायोचितहोला?’ उहाँले यीनायकलाई तत्कालखोप लगाउनु पर्नेमा पनि जोड दिनुभएको छ ।स्वास्थ्यकर्मी सन्दीप केसी यति कठिन यात्रा गरी नागरिकको जीवन बचाउन खटिएका स्वास्थ्यकर्मीको यस्तो कार्यले सरकारलाई आम नागरिकको दायित्वमाथि खेलाँची गर्न नहुने सन्देश दिएको बताउनुभयो ।

उहाँले कोरोना संक्रमणको दोस्रो लहर फैलिएको छ र विज्ञहरूले अझ जनचेतनाकै अभावका कारण तेस्रो लहर पनि फैलिने सम्भावना औंल्याइरहेको अवस्थामा असारको मध्यतिर लकडाउन खुकुलो गरिने र स्वास्थ्य सुरक्षामा कडाइ नगरिने हो भने गत वर्ष जस्तै यो वर्ष पनि श्रावणको अन्त्य सम्ममापुनः देशका स्वास्थ्य संस्थाले धान्नै नसक्ने गरी कोरोना संक्रमण बढ्ने सम्भावना रहेको बताउनुभयो ।उहाँ भन्नुहुन्छ-‘अहिले कोरोना संक्रमण केहीमन्थर भएपनि जोखिम कमभ ने भएको छैन । परीक्षण गराउनेको संख्या घटेकाले संक्रमण कमभए जस्तो देखिए पनि गम्भीर बिरामी हुनेको संख्यामा उल्लेखनीय सुधार आएको छैन ।’ स्वास्थ्यकर्मीले घर घरमा गएर एक घर एक जनाको परीक्षण अभियान चलाउँदा परीक्षण गरिएको हरेक वडामा ४० प्रतिशत भन्दा बढी नै संक्रमितको परेको उहाँले बताउनुभयो ।