दयाराम पण्डित बाजुरा।
बडीमालिका नगरपालिका वडा नं ७ का अगुवाकृषक बलबहादुर रोकायाको जहान परिवारको जीवनआलुखेतीले धानेको छ । उहाँको घरपरिवारको घरखर्च, लत्ताकपडा, र बालबालिकाको पढाइ खर्च आलुखेतीबाटै चलेको छ । यतिमात्रहैन, उहाँले ढम्कनेका अग्र्यानिकआलु बिक्री गरेर सदरमुकाममा घर–घडेरीको पनि जोड्न भ्याउनु भएको छ । आलुु व्यवसायबाट बलबहादुरले मात्र हैन, ढम्कनेका ८० भन्दा बढी परिवारले मनग्यआम्दानी गरेका छन् । यहाँकाप्रति परिवारले वार्षिक एक सय क्वन्टिलभन्दा बढी आलु फलाएर वार्षिक कम्तीमाचारलाख रुपियाँ कमाउँछन् ।
एक बोरा जौ र एक बोरा गहँुु फल्ने जमिनमा १२ बोरा आलु फल्ने भएकोले अहिले त्यहाँकाकिसानहरू गहँु तथा जौ खेती गर्न छाडेर आलु खेती गर्न थालेको बडिमलिका नगरपालिकाका वडा अध्यक्ष धर्मराजपाध्याय भन्नुहुन्छ । उहाँले आलु खेतीलाई व्यवसायीकरण गर्न कृषि सुधार कार्यक्रमअन्तर्गत आलु ब्लक, गोठे मलव्यस्थापन र आवश्यकऔजार प्रदान गरिएको जानकारी पनिदिनुभयो । वडा अध्यक्षपाध्यायकाअनुसार गतवर्ष मात्र ढम्कनेको अग्र्यानिकआलु पोखरा, काठमाडौं लगायतका देशकामुख्यशहरमा पठाइएको थियो । जिल्लाभित्रपनि ढम्कनेको आलुुको प्रयोग बिउको रूपमा बढ्दै गएको छ । जिल्लाभित्रै आलु प्रतिकिलो ९० देखि एक सय रुपियाँसम्म घरमै किन्नआउने कृषकहरू बताउँछन् ।कृषक गोरख धामीभने आलुको व्यवसायिक खेतीकालागि सरकारले आधुनिकजर्सी गाई पालन र आलु भण्डारण कोल्डस्टोरको व्यवस्था गरिदिएमनग्यआम्दानीलिन सकिने बताउनुहुन्छ ।
यति बेलाबाजुराकाअधिकांशकृषकका खेतबारीमाआलुुका बोट लटरम्म देखिन्छन् । जिल्लाभरि पकेटक्षेत्रनिर्धाण गरी व्यापकरूपमाआलुखेती गरिएको छ । बाजुरामा स्याउ पछिको राम्रो सम्भावनाभएको बालीको रूपमाआलुखेतीलाई लिइन्छ । बाजुरामा वर्षे आलु १हजार ३ सय ७५ हेक्टर र हिउँदे आलु ६ सय हेक्टर गरी १हजार ९ सय ७५ हेक्टरमाआलु खेतीगरिन्छ । यो जिल्लामाऔषत १९ हजार मेट्रिक टन आलु उत्पादन हुन्छ ।उत्पादितआलुलाई विगत १० वर्षअघि बाजुराको खाद्यन्नबालीकारूपमालिइन्थ्यो । पहिले गाउँमाजाँदाआलु र मोहीको खानाखाइन्थ्यो । तर, अहिले भात खाने बानी परेपछि आलुलाई तरकारीकारूपमालिने गरेको कृषि ज्ञान केन्द्रका सूचनाअधिकारी मिन प्रसाद जैशीले बताउनुभयो । जैशीकाअनुसार यस वर्षपनिआलुको अहिलेसम्मको अवस्थाहेर्दा सन्तोषजनक रहेको र उत्पादनमा पनि गत वर्षको तुलनामा३५ प्रतिशतले वृद्धि हुने अनुमानगरिएको छ । हिउँदे आलु असोज–कार्तिकमालगाएर माघ–फागुनमाखन्ने काम हुन्छ भने वर्षे आलु फागुन–चैत्रमालगाउने र असारदेखि भदौ महिनामाखन्ने काम हुन्छ ।
बाजुरामा वर्षे आलुको उत्पादनहुने समयमा प्रायःजिल्ला भरिकै बाटोहरू अवरुद्ध हुने भएकोले जिल्ला भित्रको बजारमा आलु ढुवानी गर्न पनिनिकै समस्या छ भने जिल्ला बाहिरको बजारमा पठाउन पनि उत्तिकै समस्या रहेको कृषि ज्ञान केन्द्रका प्रमुख गोविन्द सिजापतिले बताउनुभयो । उहाँले जिल्लामाहालसम्मआलु भण्डारणको सुविधान हुँदा उत्पादित आलु जसरी पनिबिक्रीगर्नुपर्ने कृषकको वाध्यताले गर्दा सोचे अनुसारको मूल्यपाउनगाह्रो परेको बताउनुभयो । बाजुरामा ८० प्रतिशतस्थानीय सेतो आलुको खेतीगर्ने गरिन्छ,जुनअग्र्यानिक पनि छ । यो आलु खानमानिकै नै मिठो हुने भएकोले धनगढी, काठमाडाै र पोखराकाउपभोक्ताले पनिनिकै नै मन पराउने गरेको बताइन्छ । अग्र्यानिकआलुको ब्रान्डिङ् र बजारीकरण, यातायातको सुविधा र भण्डारणको सुविधा हुन सकेमा कृषकहरूले आलु खेतीबाट राम्रो आम्दानीलिन सक्ने र यसबाट स्थानीयको जीवनस्तरमा वृद्धि हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया