काठमाडौं, (नेस) ।
प्रतिनिधि सभा विघटन गरिएको विरुद्ध दायर भएको रिट निवेदनमा सर्वोच्च अदालतले माग गरेबमोजिम सर्वोच्च अदालतबार एसोसिएसनले एमिकस क्युरी (अदालती सहयोगी) चयन गरेको छ ।
सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले दिएको जानकारी अनुसार एमिकस क्युरीका रूपमा वरिष्ठ अधिवक्ताद्वय कोमल प्रकाश घिमिरे र प्रकाश बहादुर केसीलाई चयन गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस बमोजिम प्रतिनिधि सभा विघटन गरिएको विरुद्ध नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहित एक सय ४६ जनाद्वारा दायर गरिएको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत अन्तर्गतको संवैधानिक इजलासले नेपालबार एसाोसिएसन र सर्वोच्च बारसँग दुई जनाको दरले एमिकस क्युरी पठाउन भनेको थियो । सोबमोजिम नेपालबारले पनि गृहकार्य गरिरहेको बताइएको छ ।











प्रतिक्रिया