गैरआवासीय नेपाली संघ स्पेनको अध्यक्षमा राईको उमेद्वारी घोषणा


काठमाडौं ।

स्पेन-गैर आवासीय नेपाली संघ स्पेनको बर्तमान उपाध्यक्ष उत्तरकुमार राईले संघको आगामी कार्यकालका लागि अध्यक्षमा पदमा उमेद्वारी घोषणा गरेका छन् । राईले एनआरएनए क्षेत्रीय समिति म्याड्रिडको आइतवार सम्पन्न भएको अबिधेशन सभाबाट आफ्नो बक्तव्य जारी गर्दै औपाचारिक रुपमा उमेद्वारी घोषणा गरेका हुन् । उपाध्यक्ष राई गत वर्ष अत्याधिक मत सहित उपाध्यक्षमा निर्वाचित भएका थिए । आगामी जुलाई २५ तारिक हुने एनआरएनए स्पेनको अधिबेशनका लागि वर्तमान कार्यसमिति सदस्य शालिकराम डुम्रे र बर्तमान उपाध्यक्ष दिनेश गिरीले पनि अध्यक्षको दौडमा रहेको चर्चा चल्न थालेको छ। वर्तमान सदस्य डुम्रे भने राजनिति पृष्ठभूमिका विवादास्पद छविका भएका ब्यक्ति हुन भने उपाध्यक्ष गिरी बार्सिलोनाको सफल ब्यवसायी तथा सामाजिक अभियान्ता समेत हुन । अर्का उपाध्यक्ष राई स्पेनीको मजदुर संगठनमा दुई कार्यकाल अध्यक्ष भएर काम गरेको अनुभव सहित होटल ब्यावसायी तथा सामाजिक अभियान्ता समेत हुन । औपचारिक बक्तव्य मार्फत उमेद्वारी घोषणा गरेका राईले आफ्ना योजना र प्रतिबद्धताहरु चुनावी मैदानमा केहि समय पछि सार्वजनिक गर्ने जनाएका छन् ।

उपाध्यक्ष राईको बक्तव्य

मेरो उमेद्वारी घोषणा गैर आवासीय नेपाली संघ स्पेनको नेतृत्वमा रहनु भएका सवै आदरणीय अग्रज महानुभावहरु, स्पेनबासी सम्पुर्ण नेपाली समुदाय तथा पत्रकार मित्रहरुमा म उत्तर कुमार राई को तर्फबाट हार्दिक नमस्कार ।

नेपालको पुर्वी धरानमा जन्मेर जीवनका विभिन्न उकालि ओह्रालीहरू सँग सगै विगत २४ वर्ष देखि स्पेनको म्याड्रीडमा बस्दै आएको छु । हाल म गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, स्पेनको उपाध्यक्ष पदमा रहेर स्पेनवासी नेपालीका विभिन्न समस्यामा संस्थागत रुपमा हातेमालो गर्ने र हाम्रो मातृभुमी नेपालका लागि आवश्यक परेको बेलामा सहयोगको लागि निरन्तर लागि नै रहेको छु । यस अघि पनि मैले एन।आर।एन।ए। क्षेत्रीय समिती म्याड्रिडको अध्यक्ष भएर नेपाली समुदायको सेवा गर्ने अबसर पाएको कुरा यहाँहरुलाई अवगत नै छ।
लामो समय देखि स्पेनमा रहेकोले मैले नेपाली समुदायमा मात्र नभै यहाँको स्पानिस समुदायसँग पनि विभिन्न तरिकाले ब्यक्तिगत र संस्थागत रुपमै जोडिएर काम गरेको पनि छु । जसको कारण नेपाली समुदायलाई यहाँको स्पानिस समुदायसँग घुलमिल बनाउने र नेपाली समुदाय र स्पेनिस समुदायलाई जोड्ने पुलको काम गर्न सफल भएको छु भन्ने मेरो विश्वास छ ।

करिब ८ वर्ष सम्म म स्पेनिस मजदुर संगठन ९युजिटी० प्रतिस्ठानको मार्फत अध्यक्ष भएर कामदारको पक्षमा केही सेवा गर्ने अबसर समेत पाए जसले गर्दा यहाँका केहि निती नियमहरू नजिक बाट सिक्ने मौका पनि मिल्यो। यस बाहेक यहाँको गैर सरकारी सामाजिक संस्था ACCEM र COMRADE  हरु सँग मिलेर काम गर्ने अबसर पनि पाएको थिए भने अर्को तर्फ स्पानिस भाषामा सवै तहको अध्ययन पुरा गरिसके पछि मैले यहाँको चर्चित पत्रिका एल पाइसको लागि भाषा अनुवादकको अवसर पनि प्राप्त गरेको थिए।बिगत ज्ञड बर्ष देखि हाल सम्म indoor cycle , Aerobic, fitness teacher & personal trainer भएर काम गरिरहेको छु। एन। आर। एन। अभियानसँग जोडिएर नेपाली समुदायलाई यहाँको विभिन्न स्थानीय संघसस्था सँग जोडेर लैजादा हाम्रो समुदायको चिनारी र सिङगो नेपालकै इज्जत, सम्मानका लागि पनि भुमिका खेल्ने अबसर मिल्छ भन्ने पुर्ण विश्वास लिएर अगाडि बड्ने अठोट लिएको छु।

यसै सन्दर्भमा यो मेरो सोच, बिचार अनि चाहानाहरूलाई अझै बलियो र फराकिलो बनाउनका लागि म स्पेनबासी सम्पुर्ण नेपाली समुदाय र विशेष गरी एन।आर।एन।ए। का अभियान्ता ज्युहरुमा सहयोगको अपिल गर्न चाहान्छु । गैर आवासीय नेपाली संघ, स्पेनको यही जुलाई २५ तारिकमा हुन लागेको अधिबेशनमा म संघको बर्तमान उपाध्यक्ष, यहाँहरु सवैको सल्लाह, सुझाव र सहयोगको सम्मान अनि कदर गर्दै आगामी कार्यकाल २०२१–२३ को लागि अध्यक्ष पदमा मेरो उमेद्वारीको औपचारिक घोषणा यहाँहरु समक्ष गर्न चाहन्छु र विगतमा जस्तै यहाँहरु सवैको पुर्ण सहयोग रहनेछ भन्ने आशा र विश्वास लिएको छु ।

म समाज र समुदायमा विश्वास गर्ने भएकोले व्यक्ति भन्दा ठुलो समुदाय हो भन्ने मलाई लाग्दछ । विभिन्न बाहानामा विभाजित भएर अगाडी बढ्दा त्यसको फाइदा केही सिमित ब्यक्तिलाई त होला तर त्यसको नोक्सान समुदायलाई हुन्छ भन्ने मान्यता राख्दछु । मेरा विगतका काम गराईहरूमा पनि जस्तो सुकै परिस्थितीमा पनि ब्यक्तिलाई होईन समुदायलाई जिताउनु पर्छ भन्ने मेरो धारणा स्पष्ट देखिन्छ र समाजलाई अगाडि बढाउन कुनै पनि ब्यक्तिलाई पछाडि हटाउनु पर्ने स्थिति आएमा हामिले कुनै पनि हालतमा हात कमाउन हुँदैन भन्दै पटक पटक भन्ने गरेको पनि छु। त्यसैले यो मेरो उमेद्वारी कुनै निश्चित एक बिचार, समुह या क्षेत्रको मात्रै नभएर पुरै स्पेनबासी नेपाली समुदायको प्रतिनिधित्व गर्दै गैर आवासीय नेपाली संघ स्पेनका, सबै स्पेनवासि नेपालीहरु अटाउनु पर्छ भन्ने नाराका साथ सर्वपक्षिय सहयोग मलाई रहन्छ भन्ने विश्वास गर्दै यस मञ्च बाट फेरी एक पटक सम्पुर्ण स्पेनवासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई सहयोगको आवाहन गर्दछु।

गैर आवासीय नेपाली संघ स्पेनको अध्यक्ष भैसके पछि मैले गर्ने कामहरुको केही योजना निश्चित नै छन भने केही थप कुराहरु यहाँहरुको सल्लाह सुझाव लिएर समावेश गर्ने छु । स्पेनको नेपाली समुदायका लागि गर्ने कामको योजना र मेरा प्रतिबद्धताहरु लिएर छिट्टै यहाँहरुको सामु आउने नै छु भन्दैअहिलेको लागि सवैलाई धन्यवाद दिदै बिदा हुन चाहान्छु । जय नेपाली समुदाय, जय एन. आर. एन.ए .

उत्तर कुमार राई /उपाध्यक्ष
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, स्पेन  यसैगरी गैरआवाशिय नेपाली संघ, स्पेन क्षेत्रीय समिती म्याड्रिडको आईतवार भएको अधिबेसनबाट अध्यक्षमा सामाजिक अभियान्ता मेघनाथ ढकाल सहित सबै कार्यसमिती निर्विरोध भएको घोषणा गरिएको छ । गत आइतवार भएको उमेद्वारी दर्तामा अध्यक्ष सहित सवै पदमा एकजनाको मात्रै उमेद्वारी परेपछि सवै कार्य समिती निर्बिरोध भएको निर्वाचन समितिका संयोजक जिवन प्रसाईले बताए ।