जी सेभेन बैठकले ‘कार्विस बे’ घोषणापत्र जारी गर्ने


लन्डन, (एजेन्सी)

विश्वका सात औद्योगिक तथा शक्तिशाली राष्ट्रहरूको समूह जी सेभेनको दोश्रो दिनको वार्ता शनिबार दक्षिण पश्चिमी बेलायतको कोर्नवालको कार्विस बे रिसोर्टमा भएको छ । समूहको मुख्य वार्तामा प्रवेश गर्नुअघि बेलायती प्रधानमन्त्री बोरिस जोहन्सनले फ्रान्सको राष्ट्रपति इमान्युयल म्याक्रों जर्मनीका चान्सलर एन्जेला मर्केल र युरोपेली आयोगका अध्यक्ष उस्र्सुला भेन डेर लिएन र युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिचेललगायत ईयूका अन्य प्रतिनिधिहरूसँग वार्ता गरेका छन् ।

१- म्याक्रोंले यदि संयुक्त अधिराज्यले ब्रेक्जिटको सम्झौताको सम्मान गरेको खण्डमा आफू फ्रान्स र बेलायतबीचको सम्बन्ध पुनः मजबुत बनाउन तयार रहेको जोहन्सनलाई बताएका छन् । जोहन्सनले ईयूका नेताहरूलाई आफूले डाउनिङ स्ट्रिटका अनुसार सम्पूर्ण पक्षमा समझदारी र सम्झौता चाहेको बताएका छन् ।

२- यसैगरी, अमेरिकी राष्ट्रपति जोय बाइडेनले शनिबारको वार्ता चीनको विश्वभरि बढिरहेको प्रभावलाई मात ख्वाउने विषयमा केन्द्रित रहने बताएका छन् । यसैबीच जी सेभेनका नेताहरू कोभिड–१९ महामारीको कारण मानव जाति तथा अर्थतन्त्रको बरबादीलाई दोहो¥याउन नदिने योजना पनि तर्जुमा गर्ने रहेको छ । शनिबारको विशेष अधिवेशनपछि तिनीहरूले कार्विस बे घोषणापत्र जारी गर्ने बताएका छन् ।

३- जी सेभेन विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुकहरूको समूह मानिन्छ ।

४- यता, ओक्सफाम अभियन्ताहरूले जी सेभेनको प्रतिनिधित्व गर्दै उक्त शिखर बैठकमा भाग लिइरहेका नेताहरूलाई कार्वन उत्सर्जनको

स्तर कटौती गर्न र जलवायु परिवर्तनको असरकै कारण जोखिममा परिरहेका मुलुकहरूलाई थप आर्थिक सहयोग प्रदान गर्नतर्फ ध्यान आकृष्ट गराएका छन् ।
प्रधानमन्त्री जोहन्सनले कोभिड महामारीबाट मुक्ति पाउनासाथ विश्वलाई राम्रो बनाउन आफ्ना समकक्षी नेताहरूलाई आह्वान गर्दै शुक्रबार जी सेभन बैठक प्रारम्भ गरेका थिए । संयुक्त राज्य अमेरिका, क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान र बेलायत जी सेभेनका सदस्य राष्ट्र हुन् ।