विश्व बैंकले सवा ७ अर्ब सहयोग गर्ने


काठमाडौं, नेस । 

विश्व बैंकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि ७ अर्ब २० करोड रुपियाँ सहयोग गर्ने भएको छ । बैंकको कार्यकारी निर्देशक बोर्डले सो निर्णय गरेको हो ।

उक्त रकम उच्च शिक्षाको गुणस्तर सुधार, अनलाइन शिक्षाको स्तर वृद्धि तथा विपन्न एवं कमजोर विद्यार्थीका लागि शैक्षिक संस्थाहरूमा पहुँच विस्तार गर्न खर्च हुनेछ । ‘गुणस्तरीय उच्च शिक्षामा पहुँच सुधार र विद्यार्थीलाई श्रम बजारमा माग भएका सीपहरू प्राप्त गर्न सहयोग पुग्ने विश्वास छ ।’ माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फरिस हदद–जर्भोसले उल्लेख गर्नुभएको बैंकको नेपालस्थित देशीय कार्यालयद्वारा जारीे विज्ञप्तिमा भनिएको छ ।