कोरोनाको त्राससँगै भारत जाने नेपालीको भीड


कुमार श्रेष्ठ बाँके ।

नेपालमाअझै कोरोना त्रास कायमै छ । सरकारले जिल्ला–जिल्लामा निषेधाज्ञा लगाइरहेको छ । पहाडी जिल्लाका नेपाली कोरोना त्रासलाई बेवास्तागर्दै पुनःभारत फर्किन थालेका छन् । कोरोनाभन्दापनि छाक टार्ने समस्याले गर्दा उनीहरूपुनःभारत जान हिडेका छन् ।यी नेपाली भारतमा महामारी फैलिए पछि घर फर्किएकाथिए । भारतमा महामारी अलि कतिकम हुने बित्तिकै फेरि उतै लागेका छन् ।

बुधबार नेपालगञ्जमा कोरोनाविरुद्धको खोप लगाउनेहरूको तछाडमछाड भइरहँदा भारत जाने नेपालीको नाकामा त्यस्तै तछाडमछाड देखिन्थ्यो । प्रहरी ब्यारेल कट्न उनीहरू तछाडमछाड गर्दै थिए । नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाले इन्ट्री गर्दै पठाइरहेको थियो । कर्णाली प्रदेशको दैलेख, जाजरकोट, रोल्पा, रूकुम, सल्यानका बढी मानिस भारतमा मौसमी कामका लागि जाने गर्दछन् । यी नेपालीहरू भारतमा महामारी फैलिए पछि र बर्खाको बाली लगाउने हिसाबले फर्केका थिए । पहाडमा जेठमै मकै छर्ने र धान रोप्ने काम सक्ने भएकाले उनीहरू फेरि मौसमी कामका लागि भारत जान हिडेका हुन् । अहिले गएका नेपाली दशैं र तिहारमा फर्किने गर्दछन् ।कर्णाली प्रदेशका प्रायः नेपाली भारतको कालापहाड, सिम्ला, प्रया गलगायतका ठाउँमा जाने गर्दछन् । यी ठाउँमा कोरोनाको ठूलो महामारी देखिएको छैन । दिल्ली, मुम्बई, गुजरात, राजस्तान लगायतका ठाउँमा कोरोनाको ठूलो महामारी अझै बाँकी छ । यी शहरहरूमा पनि नेपालीको बाक्लो उपस्थिति रहने गर्दछ ।सरकारले पूर्ण रूपमा नाका खोलिसकेको छैन । भारतबाट फर्किएकालाई स्वास्थ्य जाँच गरेर भित्र्याउने र भारतीय तथा लामो समयदेखि भारतमा बसेका नेपालीलाई यताबाट जानदिने गरिएको छ ।

इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज विष्णु गिरीले दुई दिनयता भारत जाने नेपालीको संख्यामा वृद्धि भएको जानकारी दिनुभयो । ‘अहिलेसम्म भारतबाट फर्किनेको संख्या धेरै थियो, दुई दिनयता भारत जानेको संख्या बढेको छ गिरीले भन्नुभयो– ‘भारतमा कोरोना महामारी कम भएपछि फेरि नेपाली फर्किन थालेका छन् ।’ नेपालगञ्ज नाकाबाट अचेल दैनिक पाँच देखि सात सयसम्म नेपाली घर फर्किरहेका छन् । दुई दिनयता ३-४ सय नेपालीभारततिर जानथालेका छन् । जमुनाहाका इन्चार्ज गिरीले भारत जानेको संख्या दैनिक बढिरहेको बताउनुभयो । ‘भारतमा कोरोनाको महामारी फैलिएपछि ह्वार्र नेपालीफर्किन्छन् । अलिकति कमहुने बित्तिकै फेरि ह्वार्र जान्छन्, गिरीले भन्नुभयो–कोरोना त्रासमा नेपालीले दुई-तीन चक्कर लगाइसके । पहाडी जिल्लामा बर्खाको काम सकेका र भारतमा कोरोना महामारी कम भएपछि भारत हिडेका नेपालीहरूदशैंमा कमाइ गरेर फर्किन्छन् । नेपालगञ्ज नाकामा दशैं र तिहारमा भारतबाट फर्किने र चाडबाड माने पछि फेरि भारत जानेको भीड हुने गर्दछ ।