न्यूज अफ नेपाल, काठमाडौ ।
डेढ महिनादेखि जारी निषेधाज्ञामा मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकहरु आर्थिक समस्यामा परेका छन् ।
विश्वास नेपालले आयोजना गरेको भर्चुअल कार्यक्रममा दिएको जानकारी अनुसार मनोरञ्जन क्षेत्र (होटेल/रेष्टुरेन्ट/क्लब/दोहोरी साँझ लगायत)मा काम गर्ने श्रमिकहरुको हक हितका लागि कार्यरत संस्था विश्वास नेपालद्वारा आयोजित कार्यक्रममा कारोनाको दोस्रो भेरियन्टका कारण जारी निषेधाज्ञामा २५ जना श्रमिकले रोजगारी गुमाएर खान, बस्ने, स्वास्थ्य तथा मानसिक समस्याका कारण आत्महत्या गरेका हुन् ।
संस्थाका अनुसार यस क्षेत्रमा आठ लाखले रोजगारी गर्छन् । कोरोनाको पहिलो चरणदेखि नै यस क्षेत्रको व्यवसाय प्रायः ठप्प छ । साथै यसमा संलग्न सबै रोजगारी पनि बन्द भएका छन् ।
विश्वास नेपालका अध्यक्ष तारा भण्डारीले एक व्यक्तिको रोजगारीले कम्तिमा पाँचजनाको परिवार चलेको हुन्छ, करिब दुई वर्षदेखि नै रोजगारीको अवस्था नाजुक भएको कारण पछिल्लो डेढ महिनाको निषेधाज्ञाको अवधिमा २५ जना श्रमिकहरुले आत्महत्या गरेको जानकारी दिनुभयो ।
गत वर्ष कोरोना महामारीमा रोजगारी गुम्दा मनोरञ्जन क्षेत्रका २ सय ९९ जनाले आत्महत्या गरेका थिए । विश्वास नेपालले ‘हाम्रो सम्मान’ परियोजना अन्तरगत यस क्षेत्रका श्रमिकका हक, अधिकार, काम कर्तव्यका बारेमा जानकारी दिनुको साथै समस्यामा परेका श्रमिकलाई विविध सहयोग गर्दै आएको जानकारी गरायो ।
कार्यक्रममा परियोजना संयोजक बिवेक शर्माले मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकलाई समाजले हेर्ने दृष्टिकोण, उनीहरुको समस्या, श्रम ऐनले गरेका व्यवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले यस क्षेत्रमा रोजगारी गुमाउँदा श्रमिकले बस्ने कोठाबाट निकालिनुपर्ने, खाद्यान्न अभावलगायतका समस्याले मानसिक समस्या झेलिरहेको बताउनुभयो ।
त्यसैगरी संस्थाका पैरवीकर्ता रसना ढकालले जुनसुकै क्षेत्रको रोजगारी आफैंमा नराम्रो हुन्न, तर मनोरञ्जनको क्षेत्रलाई समाजले हेर्ने दृष्टिकोण राम्रो नभएकोले यसमा कार्यरत श्रमिकले आत्मसम्मान गुमाएर काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले यस क्षेत्रको समाचार संप्रेषण समेत केही मिडियाले वास्तविक घटनामा आधारित नभई त्यहाँ कार्यरत श्रमिकलाई आछेप लाग्ने खालले प्रस्तुत गर्नु दुखद भएको बताउँनुभयो । रोजगारी, व्यवसायमा स्वस्थ प्रतिस्पर्धा, श्रमिकको हक अधिकार तथा जिम्मेवारी पूर्ण सेवा प्रवद्र्धनका लागि सञ्चार क्षेत्र, नियम कानुनको कार्यान्वयनको लागि सहकार्य हुनुपर्ने ढकालको भनाई छ ।
विश्वास नेपालले यस क्षेत्रमा काम गर्ने श्रमिक हाल रोजगारी गुम्दा मनोसामाजिक समस्या, आर्थिक अभावका कारण पारिवारिक कलह जस्ता समस्याले आत्महत्याकोे बाटो रोज्नेगरेको पाइएको छ ।
संस्थाले श्रमिकहरुलाई मनोसामाजिक परामर्श, खाद्यान्नलगायतका सहयोग उपब्ध गराउँदै आएको छ । साथै आर्थिक उपार्जनको बैकल्पिक स्रोतका लागि क्रिष्टलका माला, झुम्का, चुरा, पोते बनाउनेलगायतका सामग्री बनाउने तालिम प्रदान गर्दै आएको छ ।
बिस्तृतमा:
मनोरञ्जन क्षेत्रको भन्नाले
- रेष्टुरेण्ट क्षेत्र (डान्स, दोहोरी, क्याविन रेष्टुरेण्ट ,साना होटल तथा खाजा घर)
- यहाँ अतिथिहरुलाई मिठो खाना खाजाको साथ राम्रा राम्रा नाँच देखाएर, विभिन्न लोक तथा आधुनिक गीतहरु सुनाएर वा गीत गाउन लगाएर मनोरञ्जन प्रदान गर्ने स्थान जसलाई डान्स रेष्टुरेण्ट वा दोहोरी साँझ भन्ने गरेको छ । साथै यस क्षेत्रलाई पर्याटकीय क्षेत्र, हाम्रो लोक संस्कृति र परम्परालाई जोगाउने वा जगेर्ना गर्ने क्षेत्रको रुपमा पनि चिनिन्छ ।
- महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले २००८ मा गरेको अध्ययन प्रतिवेदन अनुसार ३०,००० देखि ४०,००० महिला बालबालिका श्रमिकहरु यस क्षेत्रमा कार्यरत रहेको देखिएको छ ।
- २००८ मा शक्ति समूहले गरेको अध्ययन प्रतिवेदनमा यस क्षेत्रमा ३३ प्रतिशत बालबालिका रहेको पाईन्छ ।
- राष्ट्रिय मानव अधिकार आयोगले २००४ मा यस क्षेत्रमा १७६० देखि १३,२०० बालबालिका रहेको पुष्टि गरेको छ ।
- ३०० जना बालिकाहरुसगँ गरेको अध्ययन अनुसार ९७ प्रतिशत वालिकाहरु यौन शोषणमा पर्ने गरेको ( इप्याक्ट लग्जम्वर्ग २०१७)
- फ्रिडम फण्डको सहयोगमा सन् २०१८ मा न्युइराले गरेको अध्यन अनुसार काठमाण्डौं उपत्यकामा लगभग १६५० जना बालबालिका मनोरञ्जन क्षेत्रमा कार्यरत छन् ।
- टि डि एच ले २००९ मा गरेको अध्ययन अनुसार १३००० महिला तथा बालबालिका यस क्षेत्रमा कार्यरत छन् ।
- हजारौ श्रमिकहरुले रोजगारी पाउने कार्यस्थलको रुपमा यो क्षेत्र रहेको छ ।
- पर्यटकीय विकास र लोक संस्कृतिलाई जगेर्ना गर्ने गरेको छ ।
- सरकारको अर्थतन्त्रमा टेवा पुर्याएको छ ।
- कुनै सीप, अनुभव र शिक्षा तथा कानुनी कागजपत्र विना पनि रोजगार पाईने गरेको छ, जहाँ दुर्गम ठाँउबाट आएका महिलाहरुले पनि सजिलै रोजगार पाएका छन् ।
- यसै ठाँउमा काम गरेर ठूला ठूला कलाकार हुने अबसर पाएका छन् । गायीका देवी घर्ती, गायक वद्री पंगेनी, मोडल रिना थापा मगर आदि ।
- यस क्षेत्रलाई व्यवस्थित र मर्यादित वनाउन सर्वोच्च अदालतबाट निर्देशिका जारी गरी अनुगमन तथा कार्वाही समितिको गठन गरी कार्यन्वयन भइरहेको छ
- मासिक पारिश्रमिक समयमा नपाउने,
- साहु तथा सिनियर कर्मचारिबाट नै अपहेलना र अत्याधिक रुपमा अश्लिल शब्दको प्रयोग गरी गाली गर्ने,
- नियुक्ति पत्र, विदा र श्रम ऐनले ताकेको पारिश्रमिक नपाउने,
- कर्मचारी निकाल्दा पूर्ब सुचना विना निकाल्ने
- गेष्टले पैसा नतिरे कर्मचारीको तलबबाट काट्ने
- ग्राहक र व्यवसायी दुबैको निर्देशनमा चल्नु पर्ने
- ग्राहकले तल्लो दर्जाको नागरिकको रुपमा हेर्ने र यस्ताहरुलाई जस्तो व्यवहार गरेपनि हुन्छ जस्तो गरी व्यवहार गर्ने,
- शारिरीक, मानसिक र सामाजिक जस्तो सुकै दूव्र्यवहारलाई पनि यहाँको चलनचल्ती यस्तै हो भनी सहनु पर्ने,
- सामाजिक अपहेलनाबाट बाच्नको लागि कार्यस्थलमा वास्तविक परिचय र परिवार र समाजमा पेशा लाुकाउनु पर्ने बाध्यता ।
- श्रमिकहरु श्रम तथा यौन शोषणमा वढि परेको छ
- कुनै पनि मुद्दामा कानुनी प्रक्रियामा जानको लागि आवश्यक कागजात र सामाजिक सम्मान बाट वन्चित ।
- वाह्य वेचविखनको उच्च जोखिम
- सामाजिक ईज्जत र सम्मान नपाए पछि महिला तथा बालिका कर्मचारीहरु गैरकानुनी रुपमा वैदेसिक रोजगारीमा बढि जाने
- कम उमेरमा विवाह, वहु विवाह, असुरक्षित गर्भ पतन,
- परिवार र समाजको नजरबाट टाढा रहने
- कम उमेरमा नै स्वास्थ्य र मानसिक असर परेको
- रेष्टुरेण्ट पेशा प्रति समाजको सोच र दृष्ट्रिकोण नकरात्मक
श्रमजीवि महिलाहरु प्रति डान्स रेष्टुरेण्ट, डान्स बार जस्ता कार्यस्थलमा हुने यौन उत्पिडन नियन्त्रण गर्न जारी गरिएको निर्देशिका २०६५
व्यवसाय दर्ता र संचालन (परिच्छेद २)
- दर्ता नगराई व्यवसाय संचालन गर्न नहुने (जिल्ला प्रसासन कार्यलयमा)
- लगत विवरण प्रस्तुत गर्नु पर्ने
- व्यवसाय सञ्चालन गर्ने शर्त एवं अवधि
- पारिश्रमिक नदिई काममा लगाउन नहुने
- सूचना पाटी टाँस्न पर्ने
- यौन उत्पिडन र यौन शोषण गर्न नहुने
- अमर्यादित व्यवहार गर्न नहुने
श्रमिक सम्वन्धी आधारभूत व्यवस्था (परिच्छेद २)
- न्यूनतम मापदण्डको रुपमा रहने
- बाधा श्रमको रुपमा लगाउन नहुने
- बालबालिकालाई काममा लगाउन नहुने
- भेदभाव गर्न नहुने
- समान कामको लागि पारिश्रमिकमा भेदभाव गर्न नहुन
- ट्रेड युनियन सम्बन्धी अधिकार
- उपचार प्राप्त गर्न सक्ने
- रोजगार सम्झौता नगरी काममा लगाउन नहुने
कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) ऐन, २०७१
- यौनजन्य दुव्र्यवहार गर्न वा गराउन नहुने
- यौनजन्य दुव्र्यवहार गरेको मानिने
- सजाय : (१) कसैले कुनै कर्मचारी वा सेवाग्राहीलाई यौनजन्य दुव्र्यवहार गरेको ठहरेमा निजलाई कसूरको प्रकृति हेरी छ महिनासम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
- क्षतिपूर्ति तथा रकम भराई दिनु पर्ने
- कोभिड १९ संगै यस क्षेत्रका श्रमिकको भोग्न’ पेको भोग्नु परेको समस्या
- पेशा विहिन भएका छन्
- आर्थिक अभाव
- खाद्यान्नको अभाव
- स्वास्थ्य समस्या बढ्दै गएकाहरुको संख्या बढि हुनु,
- रेष्टुरेण्टमा काम गरेको थाहा पाएर यो अवस्थामा पनि परिवारले नस्वीकारेको,
- बच्चा र आफू विरामी हुदा उपचार गर्ने पैसा नहुनु
- मानसिक समस्या बढिरहेको छ,
- घरवेटीबाट घरभाडा तिर्न दवाव र कोठाको बाहिरबाट चावी लगाई दिने, शाररीक, मानसिक र योन दूव्र्यवहार समेत गर्ने
- वैदेसिक रोजगारीमा कसरी जान सकिन्छ बाटो खोजि रहेका हरुको सख्या बढि रहेको छ ।ं
- ग्राहकले मध्यरातमा पनि फोन गर्ने र भेट्न बोलाउने नगएमा अश्लिल शब्दहरुको प्रयोग गरेर गाली गर्ने
- घरेलु हिंसा (कमाएर नल्याएको भनि लिभिङ्ग टुगेदरमा बसेका श्रमानहरुले दैनिक हिंशा गर्ने गरेको, त्यस्ता केही श्रीमानहरुले कोठाको सबै सामान लिएर भागेका छन् ।
प्रतिक्रिया