काठमाडौं उपत्यकामा निषेधाज्ञा अझै एक साता लम्बिने


न्युज अफ नेपाल ,काठमाडौं ।

कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न जारी काठमाडौं उपत्यकाको निषेधाज्ञा अझै एक साता लम्बिने भएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले आन्तरिक छलफलबाट निषेधाज्ञाबारे निर्णय लिने तयारी गरेका छन् । मृत्युदर घटे पनि संक्रमणदरमा सुधार नआएको विश्लेषणका आधारमा निषेधाज्ञा लम्बिने छ,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन् ।

पछिल्लो पटक निषेधाज्ञा लम्ब्याइएको साता कोरोना संक्रमणदर विश्लेषण गरी त्यसपछि निषेधाज्ञा के गर्ने भन्ने विषयमा आवश्यक निर्णय लिइने उनले बताए । अहिले निषेधाज्ञालाई केही खुकुलो गरिने, कुन कुन क्षेत्रलाई खुकुलो बनाउने भन्ने बारे छलफल भइरहेको उनले बताए ।उपत्यकाको संक्रमणदर घटे पनि अझै जोखिमकै अवस्था रहेकाले निषेधाज्ञा थप्ने तीन जिल्लाका प्रशासनको तयारी छ ।