कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने काम स्थगित


न्युज अफ नेपाल ,काठमाडौ ।

रकारले कोरोनाविरुद्धको  चिनियाँ खोप भेरोसेल शनिबारबाट स्थगित हुने भएको छ । महानगरको सहरी स्वास्थ्य महाशाखाले आज एक सूचना जारी गर्दै अर्को सूचना नआउञ्जेल खोप स्थगित भएको जनाएको छ ।

६० देखि ६४ बर्ष उमेर समूहका व्यक्तिहरु यस अघिको कार्यक्रममा छुटेका जेठ २५ गतेदेखि उनीहरुलाई पहिलो मात्रा दिन थालिएको थियो । २५ गते नै वडाहरुलाई अर्को परिपत्र जारी गर्दै, त्यसअघि तोकिएका (६०-६४) बर्ष उमेर समूह वाहेक यस अघि खोप लगाउन छुटेका र अहिले विरामीको प्रत्यक्ष सम्पर्कमा रहेका स्वास्थ्यकर्मी, मेडिकल कलेजका विद्यार्थी, इन्टर्न र अन्डर जव ट्रेनिङमा रहेका नर्सिङ् र प्यारा मेडिक्स तथा यस अघि भेरो सेलको पहिलो मात्रा लगाएर दोस्रो मात्रा छुटेकालाई परिचय पत्रका आधारमा खोप लगाउन अनुरोध गरिएको थियो ।