२४ घण्टा भित्र २४ जनामा कोरोना पुष्टि १५ जनाले जिते कोरोना



बासुदेव शर्मा, जाजरकोट ।

जाजरकोट २४ घण्टाको समयमा गरिएको परिक्षणबाट बिहिवार २४ जनालाई कोरोना पुष्टि भएको छ भने १५ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । एन्टीजेन परिक्षणबाट ३३ जनालाई गरिएको परिक्षणबाट २४ जनामा कोरोना पुष्टि भएको हो ।

पीसीआर र एन्टी जेन विधिबाट जाजरकोटमा १० हजार ४८ जनालाई गरिएको परिक्षणबाट १ हाजर ५ सय १४ जनालाई कोरोना पुष्टि भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले बिहिवार प्रकाशन गरेको कोभिड १९ को दैनिक प्रतिवेदन विवरणमा उल्लेख गरिएको छ ।जाजरकोटमा स्वास्थ्य जाँच गर्दा १ हजार ५ सय १४ जना कोरोना संक्रमित मध्य हाल सम्म १ हजार ७२ जनाले कोरोना जितेर घर फर्किएका छन भने ४ सय २७ जना सक्रिय संक्रमितले होम तथा अपतालको आईशोलेनमा उपचार गरिरहेका जिल्ला प्रशासन कार्यालय जाजरकोटको दैनिक प्रतिवेदनमा देखाईएको छ ।

१२ जना सक्रिय संक्रमितलाई जिल्ला बाहिर रिफर गरिएको थियो भने ३ जना संक्रमितको जिल्लामै मृत्यु भएको विहिवारको प्रतिवेदनान विवरणमा उल्लेख गरिएको छ । २०७६ चैत्र ११ देखि २०७८ जेठ २७ सम्मको विवरण जिल्ला प्रशासन कार्यालय जाजरकोटले दैनिक प्रकाशित प्रतिबेदनमा उल्लेख गरेको हो ।

प्रतिक्रिया दिनुहोस्