सभामुख सापकोटाले बोलाए प्रधानमन्त्रीसहित शीर्ष नेताहरूको बैठक


न्युज अफ नेपाल , काठमाडौं ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीसहित संसद्‍मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा समसामयिक विषयमा प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग शुक्रबार छलफल गर्न लागेका छन्।

छलफलमा सहभागिताका लागि भन्दै दलका प्रमुख नेताहरूलाई सभामुखले पत्र नै पठाएका थिए। सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेका अनुसार बैठकमा प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्रीहरू र संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई बोलाइएको छ। छलफलमा प्रधानमन्त्री ओली जानेरनजाने अहिले निश्चित भइसकेको छैन।