२९ रिटको अन्तिम आदेशपछि मात्र सुनुवाइ हुने


काठमाडौं, (नेस) । 

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गरिएको विरुद्ध दायर भएकामध्ये २९ थान रिट निवेदनको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सम्बन्धित रिट निवेदनमा अन्तिम आदेश भएपछि मात्र सुनुवाइ हुने भएको छ ।

रिट निवेदनमध्येकी एक अधिवक्ता अमिता गौतम पौडेलले आफूहरूको रिट निवेदनको सुनुवाइ देउवासँग सम्बन्धित रिट निवेदनमा अन्तिम आदेश भएपछि मात्र हुनेगरी आदेश भएको जानकारी दिनुभयो ।देउवाको रिट निवेदनमा अन्तिम आदेश भएपछि मात्र सो मिसिलसँगै राखी अन्य २९ रिट निवेदनको सुनुवाइ हुनेगरी आदेश भएको अधिवक्ता पौडेलले उल्लेख गर्नुभयो । ती रिट निवेदनहरू संवैधानिक इजलासमा विचाराधीन अवस्थामा छन् ।