दिपक मनाङे सम्पर्कबिहीन भएपछि गुरुङको मुख्यमन्त्री पद धरापमा



न्युज अफ नेपाल, काठमाडौं ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज प्रदेश सभामा विश्वासको मत लिँदै छन् ।आज मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिने तय भएसँगै खेलकुद मन्त्री राजीव गुरुङ ‘दिपक मनाङे भने सम्पर्कबिहीन भएका हुन् । हिजो बुधबारदेखि सम्पर्कबिहीन भएका  मनाङे’ अझै सम्पर्कमा आएका छैनन्।

संवैधानिक व्यवस्था अनुसार उनले जेठ २९ गतेभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ। त्यसैको लागि उनले २५ जेठमा विश्वासको मत लिने प्रस्ताव दर्ता गराएका थिए।मनाङबाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद ‘मनाङे’ले सत्तापक्षलाई साथ छाड्ने संकेत जनाएपछि मुख्यमन्त्री गुरुङ विश्वासको मत पाउन कठिन देखिएको छ।गण्डकीमा कुल ६० जना प्रदेश सभा सदस्य छन्।

प्रतिक्रिया दिनुहोस्