थापाको पनुर्वहालीविरूद्ध मुद्दा न्यायाधीशद्वय चुडाल र प्रधानको बेञ्चमा


न्युज अफ नेपाल , काठमाडौं ।

गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पुनर्बहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै दायर भएको मुद्दामा आज सुनुवाइ हुँदैछ ।

थापाको पनुर्वहालीविरूद्ध परेको मुद्दाको सुनुवाइ न्यायाधीशद्वय कुमार चुडाल र सपना प्रधान मल्लको बेञ्चमा परेको छ । गत मंगलवार सर्वोच्च अदालतमा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सांसद थापालाई पदमुक्त गर्ने प्रदेशसभाको निर्णय वैधानिक रहेको भन्दै भ्याकेटको निवेदन दिएका थिए ।

अन्तरिम आदेशविरुद्ध प्रदेशसभा सभामुख अधिकारीसहित, प्रदेशसभा सचिवालय र राष्ट्रिय जनमोर्चाको तर्फबाट अलग–अलग भ्याकेटका निवेदन परेका छन् ।