मुख्यमन्त्री गुरूङले आज विश्वासको मत लिँदै


न्युज अफ नेपाल ,काठमाडौं ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज बस्ने प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने भएका छन्।

गण्डकी प्रदेश सभामा ६० सदस्य छन्। बहुमत पाउन ३१ जना सांसदको साथ चाहिन्छ। मुख्यमन्त्री गुरूङको पार्टी नेकपा एमालेका २७ जना मात्रै सांसद छन्।
विपक्षी गठबन्धनले बुधबार मुख्यमन्त्री गुरूङलाई मत नदिन आफ्ना सांसदलाई निर्देशन दिएका थिए। प्रदेशमा एमालेका २७, कांग्रेसका १५, माओवादीका सभामुखसहित १२, जनमोर्चा ३, जसपाका २ र स्वतन्त्र एक सांसद छन्।