संवैधानिक इजलासबाट न्यायाधीश भट्टराई र कार्की नहट्ने


न्युज अफ नेपाल, काठमाडौ‌ ।

संवैधानिक इजलासबाट न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र दीपक कुमार कार्की नहट्ने भएका छन् । बुधबार इजलास सुरु हुनेबित्तिकै सरकारी वकिलले प्रश्न उठाएका दुई न्यायाधीशले इजलास नछाड्ने बताएका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठताका आधारमा गठन गरेको इजलासलाई निरन्तरता दिने बताएपछि दुई जना न्यायाधीश नहट्ने भएका हुन् ।