संवैधानिक इजलासको पेशी तोकियो


न्युज अफ नेपाल, काठमाडौं ।

प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको सुनुवाइका लागि आज संवैधानिक इजलासको आज पेशी तोकिएको छ । सोमबार प्रधानन्यायाधीश अस्वस्थ रहेको भन्दै इजलास नतोकेर सुनुवाइ स्थगित भएको थियो।

सर्वोच्च अदालतका अनुसार सरकारी पक्षले प्रश्न उठाएका दुई न्यायाधीश दीपककुमार कार्की र डा‍ आनन्द मोहन भट्टराईले इजलासमा नै आफ्नो राय व्यक्त गर्ने तयारी गरेका छन् ।उनीहरु इजलासमा बस्न तयार भए भने इजलास विषयवस्तुमा प्रवेश गर्नेछ । तर उनीहरुले इजलासमा नबस्ने राय दिएको खण्डमा भने संवैधानिक इजलास पुनर्गठनको आवश्यकता पर्ने भएकोले यो मुद्दामा सुनुवाइ फेरि लम्बिने सम्भावना छ ।