केएल दुगड समूहद्वारा खाद्यान्न वितरण


काठमाडौं, नेस

केएल दुगड समूहद्वारा विराटनगरस्थित विराटनगर बसपार्कमा कार्यरत करिब सय जना दैनिक मजदूरलाई दाल, चामल, तेल, नुनलगायत खाद्य सामग्री बितरण गरेको छ । कोरोना महामारीले गर्दा बसपार्कस्थित दैनिक ज्यालादारी मजदूरलाई राहत स्वरुप खाद्य सामग्री बितरण मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको उपस्थितिमा वितरण गरिएको थियो ।

त्यस्तै केएल दुगड समूहले कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा दैनिक ४ सय जना बिरामी कुरुवालाई खाना खुवाउने कार्यक्रममा पनि दाल तथा चामल खाद्यान्न सहयोग गरेको छ । उक्त कार्यक्रम २०७८ असार मसान्तसम्म रहनेछ भने नेपालगन्जस्थित भेरी अस्पतालमा सञ्चालित सहूलियत भोजन कार्यक्रममा पनि दाल, चामल तथा पिठो सहयोग गरीरहेको छ । उक्त सहयोगले उक्त अस्पातलमा सन्चालित भोजन जम्मा २० रुपियाँमा खाना उपलब्ध हुँदै आएको छ ।