उद्योगपति घिमिरेद्वारा आइसोलेसन सेन्टरलाई अक्सिजन सहितका स्वास्थ्य सामग्री हस्तान्तरण

378
Shares

न्युज अफ नेपाल, इटहरी ।

इटहरीमा रहेको कोभिड रिलिफ एन्ड आइसोलेसन सेन्टरलाई एस जी अर्गनाइजेसनले अक्सिजनसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गएको छ । अर्गनाइजेसनका अध्यक्ष, उद्योगी शिव घिमिरेले स्वास्थ्य सामग्रीहरु आइसोलेसनलाई हस्तान्तरण गरेका हुन् । आफूले सामाजिक उत्तरदायीत्व वहन गर्नका लागि अक्सिजनसहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको बताए ।

उनले ११ थान अक्सिजन ग्याँस, अक्सिमिटर, ब्याज ५० थान, सर्जीकल मास्क पाँच सय थान, अक्सिजन मास्क दुई हजार पाँच सय थान,साथै रेगुलेटरसहितका अन्य स्वास्थ सामग्रीहरु हस्तान्तरण गरेका थिए । आइसोलेसन व्यवस्थापन समितिका संयोजक तथा उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेललाई सो सामाग्री हस्तान्तरण गरिएको थियो । आइसोलेसनमा २६ जना कोरोना संक्रमित भर्ना भएको पौडेलले बताए ।

उवासंघसहित प्रेस युनियन सुनसरी, मारवाडी सेवा समिति इटहरी, नेपाल युवा उद्यमी मञ्च, श्री कृष्ण प्रणामी मन्दिरसहितका संस्थाहरुको समन्वयमा आइसोलेसन सञ्चालनमा आएसँगै यहाँका नागरिकहरुले सेवा लिइरहेका छन् ।यसै बिच सोही अग्रनाइजेसनले इटहरी उपमहानगर पालिका कार्यलयलाइ समेत सोहि परिमाणको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । इटहरी उपमहानगर पालिकाले इटहरी स्थित रंगशालामा संचालन गरेको आइसोलसनका लागि इटहरीका प्रमुख द्वारिकलाल चौधरीलाई अर्गनाइजेसनका अध्यक्ष घिमिरेले अक्सिजन सहितका सामग्री हस्तान्तरण गरेको हो ।