डिसहोमको नयाँ अभियान ‘मेरो मनको दोस्रो देश’


काठमाडौं, नेस

डिसहोमले युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता यूईएफए यूरो २०२० कप फुटबल प्रेमीदर्शकलाई लक्षित गरी नयाँ अभियान मेरो मनको दोस्रो देश शुरु गरेको छ । गत वर्ष महामारीका कारण रद्द गरिएको यूईएफए यूरो २०२० यस वर्ष प्रसारण गर्न डिसहोम तयार रहेको छ । दर्शकले यो फुटबल प्रतियोगिता डिसहोमको एचडी च्यानल एक्सन स्पोर्टस्मा हेर्न सक्नेछन् ।

फ्यानहरुले सामाजिक सञ्जालमा आफूले प्रशंसा र समर्थन गरेको आफ्नो मनको दोस्रो देशलाई ट्याग गर्न सक्दछन् । यस माध्यमबाट उनीहरुले आफ्नो पक्ष र विपक्ष टिमलाई अरु कसले समर्थन गरिरहेका छन् भन्ने बारे जानकारी प्राप्तगर्नेछन् ।जुन ह्यास् ट्यागरको मनको दोस्रो देश फाइनलमा जान्छ र खेल जित्छ, उनैले भाग्यशाली ड्रमार्फत बम्पर पुस्कार पनि जित्नेछ । यसबाहेक फ्यानहरुले सामाजिक संजालमा प्रतियोगिताको भविष्यवाणीमा भाग लिइ विभिन्न उपहार जित्न सक्नेछन्। अभियानमा भाग लिनको लागि सर्त तथा नियमहरुमा सहभागीले डिसहोमको फेसबुक पेज लाइक गर्नुपर्नेछ ।

त्यस्तै खेलको बीच अन्तरालमा समर्थन गरिएको देश परिवर्तन गर्न पाइने छैन । प्रतियोगिताको क्वाटर फाइनलसम्मको ह्यास् ट्याग मात्र लक्की ड्रमा गणना हुनेछ । सहभागीले खेलको अन्त्यसम्म आफ्नो मनको देशलाई समर्थन गरी खेलसम्बन्धित पोस्ट गर्न सक्नेछन् । विजेता राष्ट्र, पहिलो रनर राष्ट्र र दोस्रो रनर राष्ट्र गरी तीन राष्ट्रका समर्थकले लक्की ड्रबाट बम्पर पुरस्कार जित्ने छन् ।