न्युज अफ नेपाल, काठमाडौं ।
बौद्धको टाउनप्लानिङ क्षेत्रमा बोराभित्र शव भेटिएको छ । मंगलबार बिहान स्थानीयले बोरामा शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् ।
उक्त बोराभित्र शवको घुँडा र खुट्टाको भाग मात्रै फेला परेको प्रहरीले जनाएको छ। काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले शवको केही भाग मात्रै फेला परेको जानकारी दिए।
‘शवको आदिभाग मात्रै फेला परेको छ। हत्या वा जलाएकाे शवको एक भाग यहाँ फालेको जस्तो प्रारम्भिक अनुसन्धानबाट देखिएकाे छ । ‘घुँडा र खुट्टाको भाग मात्रै छ, थप अनुसन्धान भइरहेको अशोक सिंहले जानकारी दिए ।











प्रतिक्रिया